नेकपा अध्यक्षद्वयबीचको वार्ता सकियो, सहमतिको ठोस प्रगति भएन

158




काठमाडौं-सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालबीचको वान टु वान वार्ता सकिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा भएको वार्तामा गतिरोध अन्त्यका विषयमा दुई अध्यक्षबीच छलफल भएको थियो ।

अहिलेसम्म सहमतिका लागि ठोस प्रगति हुन नसकेको बालुवाटार स्रोतले जनाएको छ । आज बिहान साढे ११ देखि दिउँसो साढे २ बजेसम्म अध्यक्षद्वयबीच ’वान टु वान’ वार्ता भएको हो ।

अध्यक्षद्वयबीचको भेटवार्तापछि अब भोलिका लागि बोलाइएको स्थायी कमिटी बैठक बस्ने भएको छ । स्थायी कमिटी बैठकमा बाँकी विषयमा छलफल हुनेछ ।

स्थायी कमिटी बैठकअघि पनि अध्यक्षद्वय ओली र दाहालबीच छलफल हुनेछ । अध्यक्षद्वयको छलफल अघि नेकपा महासचिव विष्णु पौडेलले सहमतिका एजेण्डा बारे दुवै अध्यक्षसँग छलफल गरेका थिए ।

You might also like
Loading...