हजुरआमाको हत्या गरेको अभियोगमा १ जना पक्राउ


कैलाली । आफनै हजुरआमाको हत्या गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । कैलालीको चुरे गाउँपालिका ६ भाबर बस्ने वर्ष २३ का गणेशबहादुर ऐरलाई हजुरआमा हत्या गरेको अभियोगमा आज प्रहरीले पक्राउ गरेको हो ।




वर्ष ७५ की पार्वतीदेबी ऐरलाई २३ गते हत्या गरेको भन्ने सूचनाको आधारमा २४ गते ईलाका प्रहरी कार्यालय फल्टुडेका प्रनिको कमाण्डमा खटिएको प्रहरी टोली ले उनलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक प्रतिक विष्टले जानकारी दिए ।




उनले यहि २३ गते घरमा कोही नभएको मौका छोपी दिउँसो ३ बजे हजुरआमालाई फलामको रडले घाँटीमा प्रहार गरी घाईते बनाएर घर नजिकैको अरहरको झाडीमा लगेर धारिलो हतियार प्रहार गरी हत्या गरेको बताइएको छ । हत्यापछि शवलाई अरहरको झाडीले छोपी राखेको अवस्थामा प्रहरी फेला पारेको विष्टले बताए । गणेशमाथि आवश्यक अनुसन्धान भइरहेको उनले बताए ।




सम्बन्धित
Loading...