भौतिकवादलाई व्यहारमा प्रयोग नगर्ने कम्युनिष्ट होईनन्

142




दाङ, २५ असार । नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी) र जनगणतान्त्रीक पार्टी दाङले श्रद्धाञ्जली सभा कार्यक्रम गरेको छ । नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी) का केन्द्रिय सदस्य हिरामणि दुःखीका बुवा देबिराम पौडेलको श्रद्धाञ्जली सभालाई सम्बोधन गर्दै बक्ताहरुले भौतिकबादलाई ब्यबहारमा उतार्र्न नसक्नेहरु कम्युनिष्ट हुन नसक्ने बताएका छन् ।

समाजमा नक्कली कम्युनिष्टहरुको बोलवाला भएको बताउदैँ परम्परागत धार्मीक संस्कारलाई अनुसरण गरेर द्धन्दात्मक भौतिकबादी बन्न नसकिने बताएका हुन् । देबिराम पौडेलको २०७७ असार १७ गते ८३ बर्षको उमेरमा निधन भएको थियो । मृतकका छोरा र श्रीमतीले मृत्युपछि गरिने परम्परागत काजक्रिया नगरि श्रद्धाञ्जली सभाको आयोजना गर्नु भएको हो ।

देशभक्त जनगणतान्त्रीक मोर्चा दाङका अध्यक्ष नरेन्द्र बन्जाडेको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी (क्रान्तीकारी माओवादी) का केन्द्रिय सदस्य तथा दाङ जिल्ला ईन्चार्ज समिर, बरिष्ठ पत्रकार नारायणप्रसाद शर्मा, नेकपाका नेता कुबेर ओली, नेकपा (मसाल) का दाङ जिल्ला प्रबक्ता भरत भण्डारी, नेपाल पत्रकार महासंघका केन्द्रिय उपाध्यक्ष बिपुल पोख्रेल, राष्ट्रिय जनमोर्चाका जिल्ला सचिवालय सदस्य शुक्रराज भण्डारी, संस्कृतिकर्मी प्रमोद धिताल लगायतका बक्ताहरुले बोल्नु भएको थियो ।

मृतक देबिराम पौडेलका जेठा छोरा हिरामणि दुखीले परम्परागत हिन्दु धार्मीक संस्कार प्रति आफुलाई विश्वास नभएको, त्यो जनपक्षिय नभएको र परम्परागत संस्कारले अगाडी सारेका कुराहरु मिथ्या भएकोले त्यसलाई आफुले अस्विकार गरेको बताउनुभयो ।

कार्यक्रममा उहाँले गुरुजजुर माध्यामिक बिद्यालय रक्षाचौरमा बुवाको नाममा रु १ लाखको अक्षयकोष स्थापना गर्ने घोषणा गर्नुभएको छ । साथै बुवाको स्मितीग्रन्थ प्रकाशन गर्ने बताउनुभयो । श्रद्धाञ्जली सभाको संञ्चालन देशभक्त जनगणतान्त्रीक मोर्चा दाङका सचिब ईश्वरी प्रसाद गैरेले गर्नु भएको थियो ।

कार्यक्रम नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माअोवादी) दाङ जिल्ला सचिवालय सदस्य नरेन्द्र बञ्जाडेको अध्यक्षतामा भएको थियोे ।

You might also like
Loading...