चितवनमा थप एक पुरुषमा कोरोना संक्रमण





चितवनमा थप एक जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।

भरतपुर अस्पताल कोभिड–१९ परीक्षण प्रयोगशालामा आज (बिहीबार) गरिएको परीक्षणमा भरतपुर महानगरपालिका–१६ का ३७ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको प्रयोगशालाकी प्रमुख डा.नितु अधिकारीले जानकारी दिइन् ।




संक्रमित पुरुष होम क्वारेन्टिनमा रहेको बताईएको छ । चितवनमा हिजो चार जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।




सम्बन्धित
Loading...