ज्योतिष भनिने अर्जुन क्षेत्री ठगी आरोपमा पक्राउ


आफुलाई ज्योतिष बताउने अर्जुन क्षेत्री ठगी आरोमा पक्राउ परेका छन । आफूलाई ‘अख्तियारको सहसचिव’ भन्दै ठगी गर्दै हिँडेको आरोपमा क्षेत्रीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगालको टोलीले बिहीबार पक्राउ गरेको हो ।




प्रहरी स्रोतका अनुसार विशेष सुचनाका आधारमा अख्तियार र महानगरीय अपराध अनुसन्धान महाशाखाको टोलीले क्षत्रीसहित ३ जनालाई पक्राउ गरेको छ ।

स्रोतका अनुसार अनुसार उनले विद्युत् प्राधिकरणले खरिद गरेका जग्गामा घोटाला भएको भन्दै चार करोड रुपयाँ माग गरेका थिए । बार्गेनिङ क्रममा ५० लाखमा लेनदेन सहमति भइसकेपछिको अवस्थामा क्षेत्री पक्राउ परेका हुन् ।




यसअघि ठूलो भूकम्प जाँदैछ भनेर अफवाह फैलाएको आरोपमा उनी २१ जेठ २०७६ मा पनि पक्राउ परेका थिए ।




सम्बन्धित
Loading...