नवलपरासीमा बाढीमा डुबेर २ युवकको मृत्यु

1,166




– नारायण शर्मा –

नवलपरासीकाे बर्दघाटमा खहरे खोलाले बगाएर २ युवकको ज्यान गएको छ ।

शुक्रवार  दिउसो बर्दघाट नगरपालिका वडा नम्बर १५ का २० वर्षका सुधिर बिक र १८ वर्षका प्रबिण बिकको खोलामा माछामार्न जादा बगाएर मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालयका अनुसार घर नजिकैको बनकट्टी स्थित खहरे खोलामा माछा मार्न जाँदा बगेका डुबेका प्रबिण बिकलाई बचाउन जादा सुधिर बिकको समेत ज्यान गएको हो ।

उनिहरुसंगै गएका छिमेकी सोहन कुमान सुनारले आफना दबै साथि बगेपछि गाउँमा खबर गरेका थिए ।
आज दिउसो १२ बजे दुबै जनाको शब निकालिएको प्रहरीले
जनाएकाेे छ ।

You might also like
Loading...