नवलपुरमा दुई जनामा कोरोना सङ्क्रमण पुष्टि नवलपुरमा सङ्क्रमित २सय ६३गण्डकीमा ११सय ६९
नवलपुरमा थप २ जनामा कोरोना भाईरस कोभिड १९ को संक्रमण पुष्टि भएको छ । योसँगै नवलपुरमा संक्रमित हुनेको संख्या २ सय ६३ पुगेको छ ।
गण्डकी प्रदेश अन्तर्गत पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा भएको परिक्षणमा बौदीकालीका २ जनामा संक्रमण पुष्टि भएको गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका संयोजक बिनोद बिन्दु शर्माले आजको पछिल्लो अद्यावधिक बिवरण सहितको बिज्ञप्तिमा उल्लेख गर्नुभएको छ ।
बौदीकालीका २३ र २७ बर्षका २ जना युवकमा संक्रमण पुष्टि भएको प्रदेश जनस्वास्थ्य निर्देशनालयले जनाएको छ ।
साउदी अरवबाट आएका वडा नं. २ का २७ बर्षका पुरुष असार ९ गते र भारतवाट आएका वडा नं. ३ का २३ बर्षका पुरुष जेठ २१ गतेवाट पालिकाको क्वारेन्टाईनमा बसेका बौदीकाली गाउँपालिकाका प्रमुख प्रशाशकीय अधिकृत प्रदिपचन्द्र सुबेदीले बताउनुभयो ।
पछिल्लो अद्यावधिक बिवरणमा तनहुँका ८, पर्वत, बाग्लुङ र गोर्खाका एक–एक जना गरी जम्मा १३ जना नयाँ संक्रमित थपिएका छन् । योसँगै गण्डकी प्रदेशमा १ हजार १ सय ६९ जनामा संक्रमण पुष्टि भएको छ ।
जसमा अहिलेसम्म नवलपुरमा २ सय ६३, बाग्लुङमा २ सय १३, स्याङजामा १ सय ८८, तनहुँमा १ सय ५०, गोर्खामा ९८, पर्वतमा ९१, कास्कीमा ८०, लमजुङमा ६२, म्याग्दीमा २२, मनाङ र मुस्ताङमा एक–एक जनामा संक्रमण पुष्टि भएको सम्वन्धित जिल्ला स्वास्थ्य कार्यालयले जनाएका छन् ।
भ