नेपाल टेलिकमले ल्यायो अफर





नेपाल टेलिकमले जीएसएम तथा सीडीएमए पोस्टपेड मोबाइल र एफटीटीएचमा विभिन्न अफरहरु लेराएको छ।
यी अफरहरु बिहीबार देखि नै लागू भएका छन्।

एफटीटीएच
एफटीटीएचलाई डाटा र कम्बो प्याक गरी थप ग्राहकमैत्री बनाइएको छ।


क) डाटा प्याक

यस अन्तर्गत २० र ५० एमबीपीएसका एक महिना, तीन महिना र १२ महिनाका लागि विभिन्न दरका प्याकहरु उपलब्ध गराइएका छन्ः

२० एमबीपीएसको एक महिनाको प्याक रु. १२००, तीन महिनाको रु. ३६०० र १२ महिनाको रु. १४,४०० मा उपलब्ध हुनेछ।

५० एमबीपीएसको एक महिनाको प्याक रु. १८००, तीन महिनाको ५४ सय रुपैयाँ र १२ महिनाको २१ हजार ६ सयमा उपलब्ध हुनेछ।

ख) कम्बो प्याक
यस अन्तर्गत १५, २५ र ६० एमबीपीएसको इन्टरनेट तथा भ्वाइस सेवा उपलब्ध गराइएका छन्।

१५ एमबीपीएसको एक महिनाको प्याक रु. १०००, तीन महिनाको ३ हजार र १२ महिनाको १२ हजारमा उपलब्ध हुनेछ।

२५ एमबीपीएसको एक महिनाको प्याक रु. १५००, तीन महिनाको ४ हजार ५ सय र १२ महिनाको १८ हजारमा उपलब्ध हुनेछ।

यसैगरी ६० एमबीपीएसको एक महिनाको प्याक २ हजार रुपैयाँ, तीन महिनाको ६ हजार र १२ महिनाको २४ हजारमा उपलब्ध हुनेछ।

प्रत्येक कम्बो प्याक अन्तर्गत एक महिनाको प्याकमा २५० मिनेट, तीन महिनाको प्याकमा ७५० मिनेट र १२ महिनाको प्याकमा ३,००० मिनेट भ्वाइस सेवा समावेश गरिएको छ।
यसैगरी १२ महिनाको प्याक खरिद गर्दा थप २ महिना गरी १४ महिनासम्म प्रयोग गर्न सकिने समयावधि कायम गरिएको छ।

पोस्टपेड मोबाइल
नेपाल सरकारको निर्णयानुसार यही बिहीबार देखि लागू हुनेगरी स्वामित्व शुल्कमा परिमार्जन गरिएको बताइएको छ।
हाल पोस्टपेड मोबाइलमा पहिलो पटक सिम किन्दा लागू भइरहेको ५ सय स्वामित्व शुल्क अब नलाग्ने टेलिकमले जानकारी दिएको छ।

प्रत्येक नयाँ सिमकार्ड र रिचार्ज कार्ड खरिद तथा शुल्क भुक्तानीमा २ प्रतिशत स्वामित्व शुल्क लागु हुने भएको छ।
सो अनुसार हाल नयाँ सिमकार्ड लिनका लागि ९ सय ४५ लाग्ने गरेकोमा अब ५ सयमा नयाँ पोस्टपेड सिमकार्ड किन्न सकिने छ।

 

५०० मा खरिद गरिने पोस्टपेड मोबाइलमा ४ सय ६० क्रेडिट लिमिट रहने छ।

पोस्टपेड मोबाइलमा जुनसकै माध्यम (रिचार्ज कार्ड, एमपोस, बैंक, कम्पनीको काउन्टर, स्मार्ट कार्ड आदि) बाट भुक्तानी गर्दा २ प्रतिशत स्वामित्व शुल्क लागू हुने कम्पनीको भनाइ छ।

यससँगै पोस्टपेड मोबाइलमार्फत प्रदान गरिने विभिन्न सुविधाहरुलाई अझै ग्राहकमैत्री बनाउनका लागि एक महिना समयावधि भएका विभिन्न नयाँ प्याकहरु बनाइएका छन्। यस अन्तर्गत बेसिक प्याक ३८४, प्रिमियम प्याक ७ सय ४९, गोल्ड प्याक ९ सय ९९, डायमन्ड प्याक १४९९ र प्लाटिनम प्याक २४ सय ९९ मा किन्न सकिन्छ।

यी प्याकहरु ‘नेपाल टेलिकम एप प्रयोग गरेर तथा *1415# डायल गरेर पनि प्राप्त गर्न सकिन्छन्।
पहिलोपटक कम्पनीको एप प्रयोग गर्दा १०० एमबी डाटा निःशुल्कः उपलब्ध समेत बताइएको छ।




सम्बन्धित
Loading...