उपदेश





  • दिपक सोती

 

अपराधी मनले देख्छ
सबैलाई आफै देख्छ




न्यायको मन्दिरमा
न्यायको आखाँले हेरिछ
राम्रै फैसला हुन्छ
अदालतमा ईमान्दारिता
सत्य सुन्दर शिवत्व हुन्छ
बैष तिमी, म सबेैसंग हुन्छ
सडक पेटीमा हिडेकी सुन्दरीलाई
म घाम
तिमी जुन
म पिउष रसमा वगि दिन्छु भन्न हुदैन

भित्री तहमा लेउ लागे
पखाल्नुपर्छ
मन एउटा मन्दिर हो
स्वच्छ पुजारी हुनुपर्छ
स्वार्थ पूर्ति भएन भन्दैमा
नहुने कुरा गर्न हुदैन
वार आफैले बनाउनु पर्छ
अर्काको भैसी लखेट्न हुदैन
न्यायको अगाडि तेरो मेरो चल्दैन
जति जलाए पनि
बलिसकेको दाउरा जल्दैन
नैतिकताको घर सून्दर निर्माण गर्न
आँफै सुधारिनुपर्छ
तिमी आफैले म तिम्रो
ईतिहासको पिध नाप
स्वच्छ पिध त नयाँ सूर्यको
वरिपरी घुमेको हुन्छ




सम्बन्धित
Loading...