पुष्पलालको स्मृतिमा कावासोतीमा विचार गोष्ठी
नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलालको ४२ औं स्मृति दिवशको अवसरमा पुष्पलाल स्मृति प्रतिष्ठान नवलपुर शाखाद्वारा कावासोती १६ स्थित अग्यौली सामुदायिक पुस्तकालयमा नेपालको कम्युनिष्ट आन्दोलन र पुष्पलालको विचारबाट प्राप्त शिक्षा विषयक कार्यपत्र प्रस्तुत सहित विचार गोष्ठी कार्यक्रम सम्पन्न भएको छ ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य किशन शर्माको प्रमुख आतिथ्यता र प्रतिष्ठानका जिल्ला अध्यक्ष धनञ्जय शर्माको अध्यक्षतामा कार्यक्रम भएको हो ।
कार्यक्रममा पुष्पलालले गरेका योगदानको चर्चा गरिएको थियो । वर्तमान समयमा पुष्पलालको विचारलाई कम्युनिष्ट नेताहरूले व्यवहारमा उतार्नु पर्ने वताईएको थियो ।