सेफ्टी टंकीमा डुबेर बर्दघाटमा एक बालकको मृत्यु


नवलपरासी ९ साउन – पश्चिम नवलपरासीको बर्दघाट–४ शिवकोलोनीमा सेफ्टी टंकीमा डुबेर ४ बर्षीय बालकको मृत्यु भएको छ ।
बर्दघाट ४ शान्तिनगर भई शिवकोलोनी मावल भएका ती बालकको मामाघरको सेफ्टी टंकीमा डुबेर मृत्यु भएको ईलाका प्रहरी कार्यालय बर्दघाटले जनाएको छ ।





करिब ११ बजे तिर हराएका बालकको अभिभावकहरुले खोजी कार्य गर्दा छरछिमेकमा समेत नभेटिएपछि स्थानीयले सेफ्टी टंकीमा हेर्न भनेका थिए । निर्माणको काम सकिएपनि सेफ्टी टंकीको प्रबेशद्धार बन्द नगरेका कारण बालक त्यही प्रबेशद्धारबाट भित्र गएको हुनसक्ने स्थानीयले बताएका छन् । करिब २ बजे पछि सेफ्टी टंकीमा बालक भेटिएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।
उनका शव अहिले चिसापानी अस्पतालमा राखिएको छ । कानुनी प्रक्रिया पुरा गरेर बालकको शव बुझाउने प्रहरीले जनाएको छ । मावल आएका बालकको निधन भएपछि स्थानीय शोकमग्न भएका छन् ।







सम्बन्धित
Loading...