सुशान्त सिंहको अन्तिम फिल्म ‘दिल बेचारा’ कस्तो छ ? (समीक्षा)

97




हुनसक्छ शहरका दर्शकमध्ये केहीले जोन ग्रीनको उपन्यास ‘द फल्ट इन आवर स्टार्स’ पढेका हुन सक्छन् र केहीले यसबारे बनेको फिल्म हेरेका हुन सक्छन् । सुशान्त सिंह राजपूत अभिनित अन्तिम फिल्म ‘दिल बेचारा’ यसैमा आधारित छ । तर, पुस्तक र फिल्म पढिसकेका व्यक्तिले पनि ‘दिल बेचारा’ मा नवीनता भेट्नेछन् ।

शशांक खेतान र सुप्रितम सेनगुप्ताले यसलाई एक नयाँ परिवेशमा नयाँ पात्रका साथ पेश गरेका छन् । मुल उपन्यास र अंग्रेजी फिल्मको हिन्दीमा एडप्टेशन हिन्दी फिल्मका ती कहानी र प्रेमकहानीको परिचित दायराबाट बाहिर आएको छ । जहाँ, आसन्त मृत्युबीच प्रमुख पात्रको हर्ष–विषात्, प्रेम–तनाव, चिन्ता– आशंका र जीवन जीउने आकांक्षा रहेको हुन्छ । वर्तमानलाई भरपूर जिउने सन्देश यहाँ छ ।
मुकेश छाबन्डा निर्देशिक ‘दिली बेचारा’ झारखण्डको जमशेदपुरकी किजी बासु र इम्मानुुयल राजकुमार जुनियर उर्फ ‘मैनी’ को कथा हो ।

सानो शहरको ठूलो कथा 
जमशेदपुर भारतको अनौठो शहर हो, जहाँ मुल रुपमा देशका विभिन्न राज्यबाट आएका अलग–अलग धर्म, जाति र सम्प्रदायका मानिस बस्छन् । यो उद्योगपति टाटाले बसाएको शहर हो, जहाँ झारखण्ड राज्यको स्थानीयता अब देखिन लागेको छ । यस शहर आज पनि कस्मोपोलिटन सानो शहर हो ।

जमशेदपुरका किजी (बंगाली), मैनी (ईसाई), जेपी (बिहारी), डाक्टर झा र स्थानीय लवजमा बोल्ने अन्य सहयोगी पात्रहरु वास्तविक लाग्छ । उनीहरु कृतिम चरित्रजस्तो देखिन्नन् ।
‘दिल बेचारा’ को नवीनता कथ्यभन्दा अधिक न्यारेटिभमा छ । जाम्बियामा पैदा भएकी बंगाली आमाबाबुकी छोरी किजी थाइराइड क्यान्सरबाट पीडित छिन् । अक्सिजनको छोलो सिलेन्डर (पुष्पेन्द्र) साथ लिएर हिँड्छिन् । आफ्नो निश्चित मृत्युुबाट परिचित किजीको कुनै सामान्य युवती सरह सोच्ने, जिउने र प्रेम गर्ने इच्छा खतम भइसकेको छ ।
दैनिक मेडिकल जाँच र नसिहतका कारण आमाबाबुको विशेष ख्यालका बाजबुद उनी उदास देखिन्छिन् । दोस्रोतर्फ मैनी छन् । थाहा हुन्छ कि ऊ पनि बोन क्यान्सरले ग्रस्त छ, तर ऊ बेफिक्री अन्दाजमा जिउँछ । ऊ रजनीकान्तको सुपर फ्यान हो ।

एक राजा – एक रानी 
दुुईबीच फिल्मी भेट भएपछि कहानी अघि बढ्छ । ‘दिल बेचारा’ हजुरआमाहरुले सुनाउने परम्परागत कहानी ‘एक थिए राजा एक थिइन् रानी, दुुबै मरे खतम कहानी’ भन्दा अलग हुन जान्छ ।
फिल्ममा मैनीको एक संवाद छ, ‘जन्म कतिबेला लिने हो, मर्ने कतिबेला हो, हामी निर्णय गर्न सक्दैनौँ, तर बाच्ने कसरी हो, हामी त्यो निर्णय लिन सक्छौं,’ मैनीको यो जीवन दर्शन र जीवनशैलीले ‘आनन्द’ जस्ता धेरै फिल्मको याद दिलाउँछ, जहाँ मृत्युसँग लडिरहेका पात्रले आफ्ना हसमुख जीवनसाथीलाई जीवनको सन्देश दिएर जान्छन् ।

‘दिल बेचारा’ हेर्दै गर्दा बरबस मैनकिो पात्र निभाउने सुशान्त सिंह राजपूतको अफ स्क्रिन छवि पनि उर्लेर आउँछ । उनीसँग भएका भेटको याद आउँछ । भर्खरै भएको उनको असामयिक र अस्वाभाविक मृत्युको वास्तविकता झल्कोजस्तो लाग्छ ।

मैनी र सुशान्त सिंह राजपूत तथा अन्य कलाकारको सोच, जिन्दगी र मृत्यु बेमेलजस्तो लाग्छ । फिल्म हेर्दै गर्दा राजपूतको मृत्युले पैदा गरेको भ्याकुम गुन्जन थाल्छ । एक संभावनायुक्त अभिनेता नहुनुको भावनाले विचलित बनाउँछ, केवल उनी बितेको एक महिना भयो ।

ताजगीले भरिएको फिल्म 
‘दिल बेचारा’ एक ताजगी हो । निर्देशक मुकेश छाबन्डा र उनका लेखकहरुले पात्रहरुलाई अतिरिक्त भावूकता दिएका छैनन् । कलाकार पनि अति नाटकीयता र मेलोड्रामाबाट टाढा छन् ।
किजी, मैनी, जेपी  किजीका माता–पिता सहज र पडोसी आत्मिय चरित्र हुन् । फिल्मको अधिकांश हिस्सा किजीको परिवारको आसपास नै छ । मैनीको परिवारको झलक मात्रै मिल्छ । लेखकहरुले उनीहरुलाई किन किनारामा राखिदिए ? दर्शकको मनमा यो जिज्ञासा उब्जन्छ ।

दर्शकहरु किजीको चिन्ता गर्छन् । उनका आकांक्षाहरु प्ूरा भएको देख्न चाहन्छन् । मैनीबारे पनि हामी चाहन्छौं कि उनी पेरिस जाउन् र आफ्ना प्रिय संगीतकार अभिमन्यु वीर (सैफ अली खान) सँग मिलुन् ।
उनीसँग सोध्न सकुुन् कि उनले आफ्नो मनपर्ने गीत अधूरो किन छाडे ? रोमान्टिक शहर पेरिसको दृश्यले किजी र मैनीलाई रोमान्समा जोड्छ । हामी सुखद अन्त्यतर्फ अघि बढिरहेका हुन्छौं र कहानीले दुखद मोड लिन्छ ।
सन्जना सांघी र सुशान्त सिंह राजपूतले आफ्नो पात्र किजी र मैनीको भूमिकालाई जिवन्त रुपमा पर्दामा उतारको छन् । किजीको संकोच, उमेर र निर्दोषपनलाई संजनाले न्याय गरेकी छिन् । सुशान्त आफ्नो भूमिकामा जिवन्त छन् ।

सुशान्तको अभिनयको रेन्ज 
हामीले यस फिल्ममार्फत सुशान्त सिंह राजपूतको अभिनयको रेन्ज देख्छौं । ‘काय पो छे’, ‘शुद्ध देसी रोमान्स’, ‘केदारनाथ’, ‘सोनचिडिया’ र ‘छिछोरे’ पछि ‘दिल बेचारा’ मा उनले अभिनयको नयाँ–नयाँ आयाम र गहनातालाई देखाउँछन् । फिल्मको एक दृश्यमा क्यान्सरको पीडालाई सुशान्त सिंह राजपूतले संवाद बिना नै अनुहारको हाउभाउमार्फत प्रभावकारी र वास्तविक देखाएका छन्, क्यान्सरको पीडाबाट गुज्रिएका र परिचित व्यक्तिले यसलाई बुुझ्न सक्छन् ।

फिल्ममा लेखक र निर्देशकले क्यान्सरका बिरामी र क्यान्सरलाई बिरामीको पीडा र परिवारको सहानुुभूति र चिन्तासँगै पेश गरेका छन् । यसको गीत–संगीत र नृत्य उल्लेखनीय छ । फिल्मको शीर्ष गीतमा पारंगत डान्सर सुशान्त सिंह राजपूतको चन्चलता, सन्तुुलन र भावमुुद्रालाई फराह खानले निकै राम्रोसँग क्यामेराम्यान सेतुको सहयोगले एकै टेकमा कैद गरेकी छिन् । सेतुुले पेरिसका सुुन्दर दृश्य उतारेका छन् । यो फिल्मको विशेषता हो । ए आर रहमानको संगीतमा फिल्मको अनुरुप ध्वनी र स्वर म्याच खाएको छ । उनी एउटा अन्तरालपछि फिल्ममा फर्किएका हुन् । पहिलो फिल्म भएकाले केही कमी–कमजोरी देखिएपनि मुकेश छाबन्डाले आशावादी बनाउँछन् ।

( कोभिड–१९ ले सिनेमा हल बन्द भइरहेको परिवेशमा शुक्रबार डिजिटल प्लेटफर्म हटस्टार र डिज्नेमार्फत फिल्म सार्वजनिक भएको हो ।)
अजय ब्रम्हात्मज/बीबीसी हिन्दी

You might also like
Loading...