जिबन सङ्गिनि र आमा लाई चिठ्ठि


लक्ष्मण प्रसाद भट्ट




कैलाली

प्यारी जिबनसङिनी आराम नै छौ होला, छोराछोरिलाइ कस्तो छ? आमाको दमको रोग बढेको छ भन्थेउ औषधि सकियो होला , तपाईं अबत पेन्सन आउने बेला भयो है भनेर कति खुशी भएकी थियौ,तर अझै ४ बर्स आउन नपाउने भए,सेनाको पेन्सन अबधी १६ नै कायम हुने भनेर प्रस्ताब पेस भएको छ भन्ने कुराले तिमी कति खुशी थियौ,, तर त्यो आशा आशा मै सिमित भयो,किनकी सरकार बाट यो प्रस्ताब अस्वीकार भयो रे, किनकि यो सरकार सिपाहिको अभिभावक होइन रैछ, सिपाहिको पिडा बुझ्ने कोहि छैन , आशा थियो कि यो ४ बर्समा दुबई ,कतार गएर २,४ पैसा कमाएर सानो टिन लगाएको घर बनाउला, अनि बर्सेनि बर्खामा चुहिने खरको छानो फेरेर बुढी आमालाई ओभानोमा राखम्ला तर प्यारि सबै सपना अधुरा भए,मैले २४ घन्टा ड्युटी गरेर महिनामा कमाएको २२ हजारले बिहान बेलुका हातमुख जोड्न पनि मुस्किल छ, बरु तल्लाघरे दाइ बिदेश गएर ५ बर्षमा घर घडेरी जोडीसक्यो,तर मैले सेनामा जागिर खाएर बिहान बेलुका पेटभरी खाना खान पनि दिन सकिन प्यारी,आमालाई भनिदेउ कि तपाइले लौरो टेक्दै गएर भोट दिएर जिताएको नेताजि ले छोराको जागिर २० बर्ष खान पर्ने बनाइदिए रे भनेर,अहिले देश कोरोना र बाडिपहिरोले आक्रन्त छ,सबै निजामती कर्मचारी मज्जाले घर बसेका छ्न तर म दिन रात नभनी कोरोनाको डर नमानी देश र जनताको सेवामा तल्लिन छु, तर सिपाहिको पनि घरपरिवार छ, उस्को पनि मन हुन्छ, उसका पनी छोराछोरी छन, भन्ने बुझ्ने मेरो देशको सरकार छैन,बरु राज्तन्त्र हुदा एति धेरै सिपाहीले रुनु परेको थिएन , यो सरकार सिपाहिको अभिभावक होइन रैछ,लोकतान्त्र आयो, गणतन्त्र आयो सबै निजामती कर्मचारीका सेवा सुबिधा थपिए,तर सिपाहिको भएको सुबिधा पनि कटौती भए,यस्तो लाग्छ्की सिपाहिहरु एस देशको नागरिक नै होइनन,१०-५को जागिर गर्ने सनिवार घरपरिवार सङ बिदा मनाउने निजामती कर्मचारीसङ दिन रात घामपानी नभनी २४ घन्टाको ड्युटी गर्ने बर्षमा रोइकराइ १ महिना बिदा बस्ने सिपाहीको तुलना गरेर समान देख्ने मेरो देशको सरकार छ प्यारी,, तिम्लाइ पनि रहर लाग्दोहो सङै दसै तिहार चाड्पर्व मनाउने, ति आबोध छोराछोरीले पनि बाबा नै नचिन्ने अवस्था छ,,१८ बर्सबाट ४० बर्स सम्मको जिवनकै महत्वपूर्ण उमेर यो तारको बन्धन भित्र बिताउदा पनि १६ बर्षमा पेन्सन दिदा देशको अर्थतन्त्रले धान्दैन रे,, धिकार छ सिपाहिको जिन्दगी,कहिलेकाही त तिम्लाइ पनि पछुतो लाग्दोहो सिपाहिको श्रीमती भएकोमा,तर के गर्नु बिबस छु , कसैले बोलिदिदैन बोले पनि कसैले सुनिदैदैन,सिपाहिको पीडा,,राती यहि कुरा मनमा खेलाउदा खेलाउदै ड्युटी जाने बेला हुन्छ ड्युटी सकेर आउदा उठने बेला हुन्छ अनि सुत्ने धरी समय छैन,,के गर्नु,, येस्तै छ प्यारी सिपाहिको पीडा,,, ल त आफ्नो बच्चाको आमाको ख्याल गर,,







सम्बन्धित
Loading...