सहमति नभए बहुमतका आधारमा अघि बढ्ने प्रचण्ड पक्षको तयारी


नेपाल कम्युनिस्ट पार्टी नेकपा भित्रको विवाद समाधान गर्न दुई अध्यक्षबीचको छलफल लगातार निष्कर्षबिहीन बन्न थालेपछि गुटगत बेला बढ्न थालेका छन् ।




बैठक बस्ने–नबस्ने अनिश्चित भएको बेला नेकपाको गुट भेला बिहानैदेखि शुरु भएको छ ।

सहमति जुटाएर स्थायी कमिटी बैठक सञ्चालन गर्ने भन्दै पटक पटक स्थगित भएको स्थायी कमिटी बैठकको मिति नजिकिए पनि ठोस सहमति नजुटेपछि नेताहरु आन्तरिक छलफलमा जुटेका छन् ।


अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पक्षधर नेताहरु छलफलमा जुटेका छन् । स्थायी कमिटी बैठक अझै अनिश्चित भएपछि त्यसबारे खुमलटारमा पुगेर नेताहरुले रणनीति बनाएका छन् ।

प्रचण्ड निवास खुमलटारमा बिहानैबाट विभिन्न चरणमा भेट र छलफल चलेका छन् । प्रचण्डलाई भेट्न बरिष्ठ नेता माधवकुमार नेपाल पनि खुमलटार पुगेका थिए ।

स्रोतका अनुसार नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को निवास खुमलटारामा प्रचण्ड–माधवकुमार नेपाल पक्षका स्थायी कमिटीको बैठक चलिरहेको छ । उता प्रधानमन्त्री निवासमा पनि नेकपाका अर्का अध्यक्ष एवं केपी शर्मा ओलीले आफ्ना निकटका नेताहरुसँग छलफल गरिरहेका छन् ।

स्थायी कमिटीमा कसरी प्रस्तुत हुने र आफ्नो पक्षबाट कसरी कुरा राख्ने विषयमा छलफल भइरहेको स्रोतले बताएको छ । सहमतिका लागि थुप्रै प्रयास भएपनि कुनै निष्कर्ष निस्कन सकेको छैन । फलतः अब बहुमतबाट निर्णय गरेरै भएपनि अगाडि बढ्ने मनस्थितिमा अध्यक्ष प्रचण्ड रहेको बताइएको छ ।

ओली पक्षले जसरी पनि पार्टीलाई महाधिवेशनमा लैजाने पक्षमा माहौल तयार गरिरहेका छन् । सचिवालयमा प्रधानमन्त्री अ‍ोलीले महाधिवेशनको प्रस्ताव गरेका छन् । सचिवालयमा निर्णय गराएर स्थायी कमिटीमाबाट पारित गराएर अगाडि बढ्ने प्रधानमन्त्री ओलीको सोच रहेको छ ।

बालुवारमा हुने छलफलमा भने पार्टीलाई जसरी पनि महाधिवेशनमा लैजाने पक्षमा माहौल तयार पार्ने काम जारी रहेको स्रोतले जनाएको छ ।




सम्बन्धित
Loading...