राप्रपा त्यागेका सुनिल थापा आफ्नो टिमसहित आज कांग्रेस प्रवेश गर्दै, सहमहामन्त्री बन्ने सहमति
राष्ट्रिय प्रजातान्त्रिक पार्टी त्याग गरेका पूर्वमन्त्री सुनिलबहादुर थापा आज आफ्नो टिमसहित कांग्रेस प्रवेश गर्ने भएका छन् । पार्टी प्रवेश गरेपछि थापालाई सहमहामन्त्री र उनीसँग आउने ५ जनालाई केन्द्रीय सदस्य दिने तयारी कांग्रेसले गरेको छ ।
राप्रपाका पूर्वमहामन्त्री थापासहित करिब ५० जना नेताहरू कांग्रेस प्रवेश गर्न लागेका हुन्। प्रजातान्त्रिक शक्ति कांग्रेसलाई बलियो बनाउन भन्दै उनी कांग्रेस प्रवेश गर्न लागेका हुन् । राप्रपाका संस्थापक एवम् पूर्व प्रधानमन्त्री सूर्यबहादुर थापाका छोरा सुनील थापाले राप्रपामा महामन्त्रीको जिम्मेवारी सम्हालिसकेका छन् ।
थापाले आफू कांग्रेस प्रवेश गर्दा महामन्त्री पद पाउनु पर्ने र केही नेतालाई केन्द्रीय सदस्य बनाउनु पर्ने माग सभापति शेरबहादुर देउवालगायत नेतासँग राखेका छन्। कांग्रेस स्रोतका अनुसार ‘सुनिल थापालाई सहमहामन्त्री दिने भन्ने लगभग सहमति भएको छ। तर सो पद आजै दिने कि एक(दुई दिनमा दिनेबारे छलफल भइरहेको छ ।