सौराहाका होटल आजबाट खुले

123




चितवन । लकडाउनका कारण चार महिनासम्म बन्द भएको चितवनको पर्यटकीय क्षेत्र सौराहाका होटल आजबाट सन्चालनमा आएका छन् ।

सरकारले साउन १५ गतेदेखि विशेष सतर्कता अपनाएर होटललगायत पर्यटकीय गतिविधि सञ्चालन गर्न सकिने निर्णय गरेपछि क्षेत्रीय होटल संघ सौराहाले आजबाट होटलहरु सञ्चालन गर्ने निर्णय गत मंगलबार नै गरेको थियो ।

क्षेत्रीय होटल संघ सौराहाका अध्यक्ष दीपक भट्टराईले बर्खाको सिजन भएकाले अपेक्षितरुपमा पर्यटक नआउने भए पनि सौराहा खुल्यो भन्ने सन्देश महत्वपूर्ण हुने बताए ।  क्षेत्रीय होटल संघ सौराहाका निवर्तमान अध्यक्ष सुमन घिमिरेले सौराहामा हुने पर्यटकीय सबै गतिविधिमा विषेश छुटको प्याकेज दिनेबारे छलफल भैरहेको बताए ।

आन्तरिक पर्यटक भित्राउन र सौराहा खुल्दैछ भन्ने सन्देश दिन गत शनिबार व्यवसायीहरुले साइकल ¥याली निकालेका थिए । सौराहामा ११० होटल सञ्चालनमा छन् ।

You might also like
Loading...