कैलालीको बाढीमा बेपत्ता भएका युवकको शव फेला

69




कैलालीमा अविरल वर्षापछि नदीमा आएको बाढीसँगै बेपत्ता भएका भजनी नगरपालिका –८ जनकपुर गाउँका ९ वर्षीय स्केल चौधरीको शव फेला परको छ। उनी बिहिबार बेपत्ता भएका थिए।

अन्य दुईजना भने अझै बेपत्ता रहेका छन्। वडा नम्बर ८ बस्ने ३३ वर्षीय चक्रबहादुर बिक र काँडाढिक गाउँका ४० वर्षीय ईश्वर शाहको अवस्था अझै अज्ञात रहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

बेपत्ताको खोजी भइरहेको प्रहरीको भनाई छ।

You might also like
Loading...