नवलरासीको भुईकटहरले बजार पाएन

217




राजु चापागाई –
नवलपरासी । पूर्वी नवलपरासीको देवचुली नगरपालिका वडा न ५ को बन्दीपुर गाउँमा उत्पादन भएको भुईकटरले बजार नपाउँदा स्थानीय किसान समस्यामा परेका छन् ।
गाउँका पाखापखेरामा विगतका बर्षहरुमा भन्दा यस बर्ष धेरै मात्रामा भुईकटहर उत्पादन भए पनि बजार नपाउँदा यहाँका किसानहरु चिन्तित छन ।
प्रतिगोटा ४०/५० रुपैयामा गाउँबाटै बिक्री हुने भुईकटहरलाई बजारसम्म ल्याउनका बर्षाका कारण बाटो अवरुद्ध भएपछि कतिपयले डोकोमा बोकेर कदमपुरसम्म ल्याउने र त्यहाँबाट बजारसम्म ल्याउँने गरेका छन् तथापि यसरी ल्याउँदा खर्चिलो भई नाफा हुन नसकेको किसान खेम अच्छामीले बताए ।
दलदले केउरानी हुँदै बन्दीपुर पुग्ने बाटोको ठाउँ ठाउँमा पहिरो गएकोले सो पहिरोलाई सफा गर्न र बन्दीपुरमा उत्पादित भुईकटहरलाई बजारसम्म पु¥याउनका लागी पहल भैरहेको देवचुली नगरपालिका वडा न ५ का अध्यक्ष शिव सापकोटाले बताए ।
देवचुली नगरपालिकाको भौगोलिक रुपले विकट पहाडी गाउँ बन्दिपुर भुईकटहर पकेट क्षेत्रले समेत चिनिन्छ ।

You might also like
Loading...