नवलपरासीका एक जना संक्रमित जो बुटवलदेखि काठमाडौंसम्म पुगेर आए





परासी । बुटवलमा उपचार गर्दा निको नभएपछि उपचारका लागी काठमान्डौ पुगेर फर्किएका पश्चिम नवलपरासीको सुनवलका एक वृद्धमा कोरोना पुष्टि भएको छ ।
त्रिवि शिक्षण अस्पताल महाराजगंजमा मुटमा समस्या देखिएपछि उपचारका लागि गएका सुनवल ४ का ६५ वर्षिय पुरुषमा कोरोना पुष्टि भएको हो ।
बुटवलको गौतमवुद्ध मुटु अस्प्तालमा उपचारका लागी गएका ति वृद्ध थप उपचारका लागी काठमान्डौ गएको र रिपोर्ट नआउदै फर्किएका थिए । शुक्रबार शिक्षण अस्पतालमा पुगेका उनको मंगलबार रिपोर्ट आएको बताईएको छ । स्वास्थ्य कार्यालय पश्चिम नवलपरासीका प्रमुख गौरब ढकालका अनुसार संक्रमित वृद्ध रिपोर्ट नआउदै फर्किएको र पिसिआर रिपोर्ट आएपछि खोजी गर्दा सुनवल आई घरमा बसेको पाईएको छ ।


ति वृद्धमा ब्लड प्रेसर र सुगरको पनि समस्या छ । मुटुमा समस्या आएपछि एन्जिओथेरापि गर्न उनि काठमान्डौ गएको बताईएको छ । सुनवल नगरपालीकाका नगर प्रमुख भिमबहादुर थापाले ति वृद्धको कुनै ट्राभल हिस्ट्री नभएको बताउदै बुटवल पटक पटक उपचारका लागी जादा कोरोना संक्रमण भएको हुन सक्ने बताए।
नगर प्रमुख थापाले संक्रमित वृद्धलाई कोरोना विशेष अस्पताल वुटवल पठाउने तयारी भईरहेको पनि जानकारी दिए ।




सम्बन्धित
Loading...