रूसमा एकै दिन ५ हजार ५०९ जनामा कोरोना संक्रमण पुष्टि


७ महिनादेखि फैलिएको कोरोना भाइरसको संक्रमणले रूसमा एकैदिन ५ हजार ५०९ जना संक्रमित भएका छन् ।




शुक्रबार यो समाचार तयार पार्दासम्म पछिल्लो २४ घण्टामा १२९ जनाको मृत्यु भएपछि ज्यान गुमाउनेको संख्या १३ हजार ८०२ पुगेको छ। संक्रमित संख्या ८ लाख ३४ हजार ४९९ पुगेको छ ।

१ लाख ९१ हजार ४२ जनाको उपचार भइरहेको छ भने ६ लाख २९ हजार ६५५ जना संक्रमणमुक्त भएको वर्ल्डोमिटर्सले जनाएको छ।







सम्बन्धित
Loading...