ओडिआई सुपर लिग सुरु, पहिलो खेलमा इंग्ल्याण्ड ६ विकेटले विजयी

52




काठमाडौं । सन् २०२३ मा भारतमा हुने ओडिआई विश्वकप को छनोटको रुपमा रहेको आइसीसी ओडिआई सुपर लिग सुरु भएको छ । इंग्ल्याण्ड र आयरल्याण्ड बीचको तीन खेलको सिरिज अन्तर्गत पहिलो खेल बिहीवार भएको हो । साउथह्याम्पटनमा भएको खेल घरेलु टोली इग्ल्याण्डले ६ विकेटले जितेको छ ।

आयरल्याण्डले दिउको १७३ रनको सामान्य लक्ष्य इंग्ल्याण्डले २७.५ ओभर खेल्दै ४ विकेट गुमाएर पूरा गरेको हो । इंग्ल्याण्डका कप्तान आयन मोर्गन र साम बिलिङ्सले पाँचौ विकेटका लागि अविजित ९६ रनको साझेदी गरे । बिलिङ्सले अविजित ६७ रन बनाउने क्रममा ५४ बल खेल्दै ११ चौका प्रहार गरे । यस्तै मोर्गन ३६ रनमा अविजित रहे । मोर्गनले ४० बल खेल्दै ४ चौका र २ छक्का प्रहार गरे । यस्तै जेम्स भिन्सले २५ र ज्उसन रोएले २४ रन जोडे । आयरल्याण्डका लागि क्रेग योङले २ विकेट लिए ।

You might also like
Loading...