फुटबल खेलाडी र रेफ्रीलाई एन्फा नवलपुरद्वारा राहत प्रदान



कावासोती। नवलपुर जिल्ला फुटबल संघले कोभिड–१९ को कारण सृजित समस्यामा परेका जिल्लाका फुटवल खेलाडी तथा रेफ्रीलाई राहत प्रदान गरेको छ । अखिल नेपाल फुटबल संघ (एन्फा)को सहयोगमा जिल्लाका २५ जना फुटवल खेलाडी तथा रेफ्रीलाई प्रति व्यक्ति तिन हजार रुपैयाँको दरले आज राहत रकम हस्तान्तरण गरिएको हो ।




कोभिड–१९ का कारण सृजित अवस्थाको कारण समस्यामा परेका जिल्ला स्तरिय लिगमा सहभागी फुटबल खेलाडी र जिल्लाका रेफ्रीलाई राहत रकम हस्तान्तरण गरिएको नवलपुर जिल्ला फुटबल संघका अध्यक्ष सेतमान पुनले बताउनुभयो । जिल्ला फुटबलसंघको कार्यालयमा आज एक कार्यक्रमको आयोजना गरी प्रमुख अतिथि कावासोती नगरपालिकाका उपप्रमुख प्रेमशंकर मर्दनिया मार्पmत प्रत्येक खेलाडी तथा रेफ्रीलाई प्रतिव्यक्ति तिन हजार रुपैयाँका दरले जम्मा ७५ हजार रुपैयाँ हस्तान्तरण गरिएको हो ।

 


कार्यक्रममा बोल्दै कावासोती नगरपालिकाका उपप्रमुख प्रेमशंकर मर्दनियाले समस्यामा परेका खेलाडी तथा रेफ्रीलाई जिल्ला फुटबल संघले राहत वितरण गरेकोमा धन्यवाद प्रकट गर्नुभयो । खेललाई आप्mनो पेशाको रुपमा बिकास गर्न चाहाने खेलाडीहरुलाई यस किसिमको राहतले थप हौसला प्रदान गर्ने भन्दै आगामी दिनमा नगर तथा जिल्ला स्तरमा हुने फुटबल खेलसंग सम्बन्धित कार्यहरुमा नगरपालिकाको तर्फबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

राहत रकम प्राप्त गरेका खेलाडीहरुले समस्याको यो समयमा जिल्ला फुटबल संघले गरेको सानो सहयोगले पनि ठुलो महत्व राख्ने भन्दै आगामी दिनमा खेलप्रति थप लगाव र प्रतिबद्ध हुन प्रेरणा मिलेको बताएका थिए । यस अघि जिल्ला फुटबल संघको कार्यालयमा बसेको कार्यसमिति बैठकले हाल कोभिड–१९ को कारण सृजित अवस्थाको कारण जिल्लाको विभिन्न स्थानमा नियमित रुपमा सञ्चालन हुने फुटबल प्रतियोगिता स्थगित रहेको अवस्थामा अबका दिनमा कसरी खेलहरु सञ्चालन गर्न सकिन्छ भन्ने विषयमा छलफल भएको जिल्ला अध्यक्ष सेतमान पुनले बताउनुभयो ।




सम्बन्धित
Loading...