होम क्वारेन्टिनमै मृत्यु भएका चितवनका एक वृद्धको कोरोना परीक्षण भोलि

72




होम क्वारेन्टिनमै मृत्यु भएका चितवनका एक वृद्धको कोरोना परीक्षण भोलि मात्रै हुने भएको छ ।

शुक्रबार दिउँसो निधन भएका कालिका नगरपालिका–८ का ६९ वर्षीय पुरुषको स्वाब शुक्रबार नै निकालिएको थियो । आज शनिबार भएकाले भोलि ९आइतबार० मात्रै स्वाब परीक्षण गरिने भरतपुर अस्पताल कोभिड–१९० प्रयोगशालाकी प्रमुख डा।नितु अधिकारीले जानकारी दिइन् । उनले भनिन्–‘होम क्वारेन्टिनमै मृत्यु भएका व्यक्तिको स्वाब ल्याबमा आईपुगेको छ, आज बिदाको दिन भएकाले भोलि मात्रै परीक्षण गर्छौ ।’

मृतक वृद्धको शव भरतपुर अस्पतालको शव गृहमा राखिएको छ । अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलले होम क्वारेन्टिनमै बसेका व्यक्तिको मृत्यु भएकाले उनको शव सुरक्षित रुपमा शव गृहमा राखिएको बताए । कोरोना परीक्षणको रिपोर्ट आएपछि मात्रै ती व्यक्तिको अन्तिम संस्कार गरिने उनले बताए ।

मृतक वृद्ध यही साउन ८ गते भारतबाट नेपाल आएका थिए । रोजगारीको शिलशिलामा उतै बस्दै आएका उनी रातीको समयमा घर आएकोले स्थानीयले समेत जानकारी पाएका थिएनन् । भारतबाट आएको जानकारी पाएपछि उनलाई १४ दिन होम क्वारेन्टिनमै बस्नका लागि स्वीकृति दिएको थियो ।

१४ दिनपछि मात्रै स्वाब परीक्षण गर्ने तयारी गरिएपनि शुक्रबार दिउँसो १२ः३० बजे नै उनको मृत्यु भएको कालिका नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख दीपक भण्डारीले जानकारी दिए । उनका अनुसार बिरामी आमालाई भेटन् ती वृद्ध घर आएका थिए । उनको कोरोना रिपोर्ट आएपछि मात्रै थप विवरण संकलन गरिने प्रमुख भण्डारीले जानकारी दिए ।

You might also like
Loading...