कोरोना अपडेटः थप ३१५ जनामा कोरोना पुष्टि, संक्रमित संख्या २० हजार नाघ्यो

२४ घण्टामा थप ९३ जना संक्रमणमुक्त

138




नेपालमा थप ३१५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बितेको २४ घण्टामा देशभर ६ हजार ९८३ को पीसीआर परिक्षण गर्दा ३१५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या संक्रमित संख्या २० हजार ८६ पुगेको छ । त्यस्तै पछिल्लो २४ घण्टामा थप ९३ जनामा कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या १४ हजार ४९२ पुगेको छ ।

You might also like
Loading...