भ्रष्टाचार विरोधी मानिएका उप सचिब प्रेम सञ्जेलमाथि महिला कर्मचारीद्वारा हातपात

104




भ्रष्टाचार विरोधी भनेर आफुलाई चिनाउने नेपाल सरकारका उपसचिव प्रेमप्रसाद सञ्जेलले मोरङ प्रहरीमा शनिबार आफुले कार्यालयमा कुटाइ खाएको जानकारी दिएका छन् ।

शनिबार विहान ११ बजे तिर श्रम तथा रोजगार कार्यालय विराटनगरका प्रमुख सञ्जेलले आप्mनै कार्यालयका दुई कार्यालय सहयोगी महिलाहरुले कुटपिट गरेको प्रहरीलाई बताएका छन् । उनले कार्यालयमा कामको विषयलाई लिएर बिबाद हुदा महिला कर्मचारीहरुले आफुलाई कुटेको बताए ।प्रमुख सञ्जेलले कार्यालय सहयोगी नेत्र भट्टराई र मेनुका सापकोटा कोइरालाले कुटपिट गरेको प्रहरीलाई बताएका छन् । सञ्जेलमा माथि दुई कार्यालय सहयोगी महिलाहरुले चप्पल , पेपर ,पञ्चिङ मेसिन लगायतका सामानले प्रहार गरेको मोरङ प्रहरी प्रमुख एसपी सन्तोष खड्काले जानकारी दिनु भयो । उहाँले घटनामा संलग्नलाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान सुरु गरिएको बताउनु भयो ।

यता घटनामा मुछिएका महिलाहरुले भने प्रमुख सञ्जेलले अमानवीय व्यावहार गरेको गाली गलौज गरेको जथाभावी बोलेको र हातपात गर्ने गरेको आरोप लगाएका छन् । उनीहरुले अफिसमा पनि अनावश्यक दुःख दिने २४ घण्टा काममा लगाउने अभद्र व्यवहार गर्ने र महिलाहरुलाई एक्लै एक्लै काममा बोलाउने गरेको भन्दै सञ्जेललाई कारवाही हुनुपर्ने माग गरेका छन् ।

उनीहरुले शनिबार पनि कार्यालयमा बोलाउने र अनावश्यक काम लगाउने नमिठो शब्दले गाली गर्ने महिलाहरुलाई गाली वेइज्जति र धम्कीपूर्ण शब्दहरु प्रयोग गर्ने गरेको र आफुहरु सञ्जेलको व्यावहारबाट दिक्क भएको सुनाएका छन् ।

उनीहरुले सञ्जेलले अरुबेलापनि आफुहरु माथि हातपात गर्ने गरेको र आज पनि हातपात गर्न खोज्दा सहन नसकेर घचेडिएको बताएका छन् । उनीहरुको कुटाइबाट प्रमुख सञ्जेललाई सामान्य चोटपटक पनि लागेको प्रहरीले जनाएको छ । दुवै पक्षबीच जिल्ला प्रह्री कार्यालय विराटनगरमा छलफल भइरहेको प्रहरीले जानाएको छ ।

You might also like
Loading...