ओली पाँच वर्षसम्म नै प्रधानमन्त्रीः मुख्य मन्त्री गुरुङ

91




  • नारायण पंगेनी –


नवलपरासी, १७ साउन । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का गण्डकी प्रदेशका इन्चार्ज तथा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पार्टी अध्यक्ष र प्रधानमन्त्री दुबै पदबाट हटाउन नहुने बताउनु भएको छ ।
शनिवार नवलपरासी पूर्वको कावासोती आउनु भएका नेकपा स्थायी कमिटि सदस्यसमेत रहनु भएका गुरुङले पत्रकारहरुसँग कुरा गर्दै ओलीलाई पाँच वर्षका लागि प्रधानमन्त्री बनाउन जनताले म्यान्डेट दिएको बताए ।
नेकपा नेता गुरुङले पार्टीभित्र आन्तरिक विवाद रहेको तर बैचारिक विवाद नभई जुँगाको लडाईँ मात्रै भएको टिप्पणी गरे ।
ब्यक्तिगत रुपमा ओली, दाहाल, नेपाल, खनाल, दाहाल चार ‘ल’ ले सताएको आरोप लगाए ।
नेकपा नेता तथा मुख्यमन्त्री गुरुङले पार्टीलाई दुर्घटनाबाट बचाउन सहमति गरी एकताको महाधिवेशन गर्नुपर्ने सुझाव दिए ।
नेकपाका गण्डकी प्रदेश सदस्य कुलचन्द्र महताको शोकसभामा भाग लिन कावासोती आउनु भएका मुख्यमन्त्री गुरुङले शनिवार जिल्लाका खोला तथा नदीले कटान गरेको तटीय क्षेत्रको अवलोकन पनि गरेका थिए ।

 

You might also like
Loading...