जन्मदिनको फजुल खर्च कटाई आर्थिक सहयोग


  • यामु कुमाल –



कावासोती । कोरोना भाईरसबाट मृत्यु भएका गोर्खा जिल्ला पालुङटार नगरपालिका ७ का पुष्पराज कुमालका परिवारलाई आर्थिक सहयोग गरिएको छ ।
शुक्रबार अर्घाखाँची जिल्ला सन्धिखर्क नगरपालिका ७ का युवाले आफ्नो जन्मदिनको अवसरमा फजुल खर्च कटाएर ति परिवारलाई आर्थिक सहयोग गरेको हो ।
सन्धिखर्क नगरपालिका ७ निवासी विराज मुखिया कुमालले आफ्नो जन्मदिनको अवसरमा पालुङटार नगरपालिका ७ च्याङ्लीका परिवारलाई ५ हजार रुपैया रकम सहयोग गरेको हो ।




जन्मदिनमा विभिन्न फजुल खर्च गर्नु भन्दा मानव सेवा नै सर्वोकृष्ट हो भन्दै हाल ईजरायलमा रहेको कुमालले सो सहयोग गरिएको बताए । रकम मृतकका श्रीमती शारदा कुमाललाई संजय कुमाल मार्फत प्रदान गरिएको होे ।
गत असार १७ गते कतारबाट ४४ वर्षिय पुष्पराज कुमाल नेपाल फर्किएका थिए । फर्किए लगतै गोर्खा कै जिवन ज्योति माध्यमिक विद्यालयको क्वारेनटाईनमा राखिएको थियो । उनको नमुना स्वाव संङकलन गरी परीक्षण गर्दा पिसिआर रिपोर्ट पोजेटिभ देखिएको थियो ।
कोरोना भाईरस लागेको रिपोर्ट आए पछि उपचारका लागि गोर्खा अस्पताल लगिएको थियो । उपचारकै क्रममा अस्पतालमै मृत्यु भएको थियो ।




सम्बन्धित
Loading...