सुस्ताको नर्सहीबाट गैडाको उद्दार

534







  • श्याम थापा – 


सुस्ता २० श्रावण – पश्चिम नवलपरासीको सुस्ता बाट एक पोथी बयस्क गैडाको उद्दार गरि निकुञ्जलाई जिम्मा लगाईएको छ । करिब ५ दिन देखि अघि बेवारिसे अवस्थामा सुस्ता ४ नर्सही बस्ने नन्दलाल गुप्ताको उखुबारीमा रहेको गैडा मङलबारको दिन बिहान ८ बजे तिर कृषक नन्दलाल गुप्ता खेतमा काम गर्न जादा आफ्नो उखुबारिमा जिवितै गैडा देखिएपछी स्थानीय र प्रहरीलाई खबर गरेका थिए ।
खबर पाए लगत्तै पुगेको नेपाल प्रहरी र सब डिभिजन बन कार्यालय प्रतापपुर सुस्ता,जिल्ला बन कार्यालय पश्चिम नवलपरासी र चितवन राष्ट्रिय निकुञ्ज कार्यालयको टोलिले गैडाको उद्दार गरि आवस्यक प्रकृया पूरा गरि चितवन राष्ट्रिय निकुन्जमा लगेको छ ।

 

सो गैडा २०७४ सालको नारायणी नदिमा आएको बाढिमा बगेर वारि आएको हुनसक्ने सब डिभिजन बन कार्यालय प्रतापपुर सुस्ताका प्रमुख मनोज न्यौपानेले बताए ।
त्यतिबेला चितवन राष्ट्रिय निकुञ्जबाट हरिण मृग गैडा लगायतका जनावरहरु बाढिले बगाएको थियो। केही मृत अवस्थामा भेटिएका थिए भने केहिको जिवितै उद्दार गरि निकुञ्जलाई जिम्मा लगाईएको जिल्ला बन कार्यालय पश्चिम नवलपरासीका प्रमुख अजित कर्णले बताएका छन् ।

You might also like
Loading...