घोडाघोडी नगरपालिका ५ डोदा गाउँ गरिब जनता मिटरब्याजमा फसें

593







कैलालिको घोडाघोडी नगरपालिका ५ डोदा गाउँ गरिब जनता मिटरब्याज मा बसिरहेका छन् ।

दयाराम चौधरीको १६+५गरी २१ कट्टा जग्गा लिलाम गराइ उहालाई रोडमा उतारेका छन , अहिले उहालाई खान बस्न समेत अफ्ठयारो परिरहेको छ

साझ के खाएसि बिहान के खाने बिहान के खाएसि साझ के खाने भन्ने कुराले उहालाई चिन्ताा लागिरहन्छ दयाराम चौधरीले बताउनु भयको छ।

अहिले दयाराम चौधरी १६+५गरी २१ कट्टा गुमाएर सुकुम्बासी बस्तीमा बस्नु पर्ने बाध्यता आएको छ ।

अहिले त हामि सुकुम्बासी बस्तीमा बस्नपाई रहेका छौ एदि हाम्रो जग्गा लिलाम भयोभने रोडमा आउँनु पर्ने बाध्यता हुन्छ भनेर दयाराम चौधरीले बताउनु भयको छ ।

दयाराम चौधरीको जग्गा लिलाम गराउने उपेन्द्र चौधरीले उहालाई अगाडि बढाउँछु भनेर उहाले अरू सङ्ग बेच्न आग्रह गर्नु भएको थियो , मालपोत कार्यालयका कर्मचारी हरु पनि मिलेको हुन सक्ने आशंका गरिएको छ ।

You might also like
Loading...