नवलपरासीमा खोलाले बगाउँदा एक जनाको मृत्यु

341







पूर्वी नवलपरासीको मध्यविन्दु नगरपालिका वडा नं ४ पनौतीमा खोलाले बगाउँदा एक जनाको मृत्यु भएको छ ।
नवलपुर प्रहरीका अनुसार मध्यबिन्दु ११, दरार निवासी ४२ बर्षका मित्र बहादुर कुमाललाई उल्टी खोलामा पौडी खेल्ने क्रममा खोलाले बगाएर ज्यान गएको हो ।
ती पुरुष मध्यबिन्दु ४ स्थित मनकामना ईट्टा उद्योगमा काम गर्दै आएको र गर्मीका कारण नजिकै रहेको उक्त खोलामा पौडी खेल्ने क्रममा बगाएको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी निरीक्षक विशाल तामाङले जानकारी दिए ।
मृतकको शव डेढ किलो मिटर तल फेला परेको हो ।
मृतक पुरुषको शव पोष्टमार्टका लागी चोरमारा प्राथमिक स्वास्थ्य केन्द्रमा पठाइएको छ ।

You might also like
Loading...