नवलपुरमा कल्भर्टबाट खस्दा एक जनाको मृत्यु


नवलपुर ।




नवलपुरको मध्यबिन्दु नगरपलिकामा साइकलसहित कल्भर्टबाट खस्दा एक जनाको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वले दिएको जानकारी अनुसार मध्यबिन्दु नगरपालिका–१५ भिट्टा स्थित भित्री सडकखण्डमा रहेको कल्भर्टबाट अन्दाजी तीन मिटर तल साइकल सहित खस्दा सोही वडाको टिकुलीटार बस्ने ५५ वर्षका इनारबहादुर चौधरीको मृत्यु भएको हो ।




मृतकको शव पोष्टमार्टमका लागि चोरमारा स्वास्थ्य केन्द्रमा राखिएको र घटनाका विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।




सम्बन्धित
Loading...