मेलिनाले ल्याइन् ‘जवानीको ऐना हजुर’


गायिका मेलिना राईको स्वरमा रहेको नयाँ गीत ‘जवानीको ऐना हजुर’ सार्वजनिक भएको छ । सुनिल मास्केको संगीत, अर्जुन रत्न भिखारीका शब्द रहेको गीतमा रिकेश गुरुङको संगीत संयोजन रहेको छ ।
गीतको भिडियो पनि निर्माण भएको छ । युवराज वाइवाको निर्देशन रहेको भिडियोमा नगमा श्रेष्ठले मोडलिङ गरेकी छन् । भिडियोमा कोरोस डान्सर समेत प्रयोग भएको छ ।




भिडियोमा मनिता गहतराजको कोरियोग्राफी, उत्सव दाहालको छायांकन र विकास दाहालले सम्पादन छ ।







सम्बन्धित
Loading...