राज र सिम्रनको अधुरो प्रेम र सपना


नारायण वीर खत्री, देवचुली २, दुमकौली । एक समय थियो । राज र सिम्रन दुबै कक्षा ७ मा पढदथे । उनिहरु एक मिलनसार साथी हुन् । राज र सिम्रन एकले अर्कोलाई सहयोग गर्दथे । उनीहरु आफुले ल्याएका खाजा दुबै मिलेर खाने गर्दथे । सिम्रन कक्षाको प्रथम छात्रा थिइन् भने राज मध्यम खालको विद्यार्थी थियो । राज धनाड्य परिवारमा जन्मिएका एक मात्र छोरा थिए भने सिम्रन गरिव परिवारकी एक छोरी थिइन् । प्रकृतिले सिम्रनमा पढाइका साथसाथै एउटा सौन्दर्य प्रदान गरेको थियो । राज र सिम्रनको घर एक कि.मी. को दुरीमा रहेको थियो । प्राय उनिहरुको भेट गाउँघरमा भन्दा विद्यालयमा नै उनीहरुको भेट हुन्थ्यो । असल स्वभावकी सिम्रन सबैलाई माया गर्ने, गुरुबा, आमाको आदर गर्ने, सबै कि प्यारी थिइन् भने राज अलिक लजालु स्वभावको थियो । राजको परिवार गाऊँमा जमिन्दार अर्थात धनि वर्गमा पर्दथ्यो । यसरी समय वित्दै जादाँ जिल्ला स्तरीय परीक्षाको अन्तिम परीक्षामा सिम्रनले ९०% ल्याई विद्यालय प्रथम भइन भने यता राज द्धितिय श्रेणीमा उतीर्ण गरे । तर पनि सिम्रनले राजलाई पढाई लगाएत अन्य क्रियाकलापमा एकदम सहयोग गर्थिन् । विद्यालयले कक्षा ८ को नतिजा प्रकाशन र सम्मान कार्यक्रममा सिम्रनलाई विद्यालयले धेरै भन्दा धेरै पुरस्कार दिई पुरस्कृत ग¥योे । सिम्रनको एक चाहाना थियो डाक्टर बन्ने भने यता राजको राष्ट्रसेवक बन्ने चाहाना थियो । सिम्रन खुसी हुदै घर आइपुगिन । सिम्रनले आफ्नो बुवाआमालाई विद्यालयले प्रदान गदै गरेको पुरस्कार देखाउदै भनिन आमा बुबा म विद्यालय प्रथम भए । आमा बुबा आशु झार्दै छोरीलाई सुमसुमाउदै यसरी नै पढ्दै जानु र ठुलो मान्छे बन्नु, हामिले तिमिलाई सक्ने जति पढाउछौ भन्नु भयो । करिब ४ बजेको थियो सिम्रन डोकोनाम्लो, अरिया लिदै बाख्रा भैसी,लाई घाँस काटन् गइन् । सिम्रन घासँ काटेर आइसकेपछी खाना खाएर सुत्न थालिन् । सिम्रनको बुवा आमा पनि सुत्न थाल्नु भयो । स्रिमनको अगाडी बोल्न नसकेको कुराहरु गर्दै आफ्नो निन्द्रा भगाउनुभयो । सिम्रनकी आमाले अब त छोरीलाई धेरै पढाउन सकेला जस्तो छैन्, दश कक्षा उर्तीण गरेपछी सिम्रनलाई एउटा राम्रो ज्वाँई खोजेर कुल घरानमा विहे गर्दिनु पर्दछ भन्ने कुरा उठाँइन् । त्यतिकैमा सिम्रनको बाबाले “खै छोरीलाई धेरै पढाउन सकेला जस्तो छैन अनि हामी गरिबको घरमा राम्रो कुल घरानको को आउला र सिम्रनको हात माग्न ।” बुढाबुढी गफ गदागर्दै १२ बजेको थाहानै भएन भन्दै उनीहरु विहान सबेरै उठनुपर्दछ भन्दै सुत्नु तर्फ लागे ।




एकदिनको कुरो हो , विद्यालयमा केही शिक्षक विविध कारणले बाहिर जानु परेकोले लगातार ४ घण्टी भएन् । त्यतिकैमा राज र सिम्रनका सम्पुर्ण साथिहरुले कक्षा भित्रै खेल खेल्ने योजना बनाए । उनीहरुले केटाबाट १ र केटीबाट १ गरी एक समुह निर्माण गर्दै दश समुह बनाए । खेल खेल्दै जादा राज र सिम्रनले एकले अर्कोलाई इशारा गर्दै खेल हामिले नै जित्नुपर्दछ भने । खेल खेलदै जाँदा खेल राज र सिम्रनले नै जिते। भोलिपल्टको कुरो हो राज र सिम्रनका कक्षाका साथीहरुले खेल जितेको राजलाई भेट्दा राजस्रिमन भनेर बोलाउन थाले । अब विस्तारै राजको मनमा सिम्रन प्रति माया बढ्न थाल्यो । राजले शिक्षकले पढाउने समयमा पनि सिम्रनलाई हेरीरहन थाल्यो । तर सिम्रनलाई राजले मनपराउने कुरो थाहाँनै भएन् । राजले दिँनहु मनमा अनेकोै सपना बुन्न थाल्यो , अव सिम्रनलाई मायाँको कुरा कसरी राख्ने । कक्षा ९ को अन्तिम परीक्षा सकिएपछि राजले वलरामलाई सगैँ लगी सिम्रनलाई फुल दिदैँ भने म तिमीलाई मायाँ गर्छु । सिम्रनले केही नबोली घर तर्फ लागि । समय सगैँ सिम्रनमा पनि राजप्रति थोरै माया बढ्न थाल्यो । सिम्रनले आफ्नो डाक्टर बन्ने सपना रहेकोले त्यसतर्फ जोड भने दिइनन् । समय वित्दै जाँदा एसएलसी परीक्षा नजिक आयो । दुबै एकअर्कालाई विसिर्दै परीक्षाको तयारी तर्फ लागे । अन्तिम परीक्षा सकेको दिन सबै साथी एकअर्कालाई विदाई गर्दै आ–आफ्नो बाटो लागे । अन्तमा राजले सिम्रनलाई पर्खी बस है म आउने छु भन्दै सार्थीहरुसँग घर तर्फ लाग्यो । सिम्रनले मुस्कुराउदै केही बोलिनन् । असार महिनाको कुरो हो । एसएलसीको नतिजा प्रकाशन भयो । राजले प्रथमश्रेणी र सिम्रनले विशिष्ट श्रेणीमा जिल्ला टप गरिन् ।
सिम्रनलाई विद्यालयका शिक्षक, आफन्त लगायत साथीहरुबाट बधाई दिइयो । सिम्रनले घरमा बुवा आमालाई खुशी हुदै भनिन बुवा आमा म जिल्ला प्रथम गर्न सफल भए । आमा म अब डाक्टर बनेर तपाँईको रोग निको गर्नेछु भनिन् । बुवा आमा भने मलिन स्वरमा रुदै छोरीलाई बधाई दिए । सिम्रनले आमा म डाक्टर पढ्न सहर गएर पढछु भन्न थालिन । विचरा ति गरीब वुवा आमासँग छोरी पढाउने मन थियो धन थिएन्, सिम्रनको कुरा सुनेर आमाले छोरीलाई रुदै भनिन् छोरी अब तिमी ठुली भयौ हामीले सक्ने जति पढायौँ । अव तिमी राम्रो घरमा विहे गरेर ज्वाई सापलाई भनेर पढनु ल । सिम्रनले आमा म अहिले विहे गर्दिन म काम गरेर पैसा कमाउछु पढछु भन्न थालिन् । छोरीको कुरा सुनेर गह भरी आशु झार्दै अब तिमी ठुलो भयौ यस्तो कुरा गर्नुहुन विहे गर्नुपर्दछ भनी छोरीलाई सम्झाउन थालिन् । यसरी नै समय वित्दै जाँदा करिब ५ महिना पछी राज नेपाली सेनामा भर्ती भएर सिम्रनको हात माग्न सिम्रनका बाबु आमाका आए । सिम्रनको बुवा आमाले राजको परिवार र सिम्रनको भविष्यलाई हेरेर राज सगैँ विहे गरिदिने निधो गर्नुभयो । राजले सिम्रनलाई पढाउछु भन्दै उनीहरुको एकआपासमा बैवाहिक वन्धनमा जोडिए ।  धनाड्य घरमा विहे भएकी सिम्रनले सम्पुर्ण रितिरिवाज कामधन्दा भ्याइनभयाइ थियो । सिम्रनको एक मात्र सपना डाक्टर बन्ने थियो । राजले सिम्रनलाई नजिकको साइन्स कलेजमा लगेर भर्ना गरिदिए । सिम्रन घरधन्दा लगाएन अन्य क्रियाकलापमा व्यस्त रहनुपरेकोले आफ्नो पढाईमा पुर्ण ध्यान केन्द्रित गर्न सकिनन् ।
राज र सिम्रनको विहे गरेको एक वर्ष वित्यो । राज पल्टनबाट छुट्टीमा घरआउना साथ सबै आमा बुवा लगाएत अन्य परिवारका सदस्यले नाति कहिले भन्न थाले । राजले यो कुरा सिम्रनलाई गएर राखे । सिम्रनले नम्र उत्तर दिदै अझै ३ वर्ष पढछु अनि सन्तान हुकार्उला भनिन् । राजको बुवाको आमाको कुराले दिक्क पार्दै गर्दा सिम्रनलाई पुन बाध्य बनाए । उनीहरुबीच शारीरीक सम्बन्ध भयो । घरमा सबैको इच्छा नाति पाउने थियो तर सिम्रनले भने नातिनि पाइन् । सबैमा जुन किसिमको उत्सव, खुसीमा केही कमी भयो । तर सिम्रन भने एकदमै खुसी थिइन् उनले छोरीलाई डाक्टर बनाउने सपना देख्न थालिन । सिम्रनले दुबैको नाम मिलाएर छोरीको नाम रासि दिइन् । सिम्रनले रासीको हेरचाह, घरधन्दा लगाएत अन्य कामकाजले आफ्नो पढाई १२ भन्दा पुरा गर्न सकिनन् ।
समय वित्दै जाँदा दश वर्ष पछिको राशी पनि सिम्रन जस्तै विद्यालयबाट प्रथम हुदै विभिन्न पुरस्कार लिएर सिम्रन सामु आइ आमा म आज प्रथम भए यो सबै मैले पाएको भन्न थालिन् । सिम्रनले मर्मस्पशी आखाभरी आशुझारी आफ्नो विगत सम्झदै रासीलाई सुम्सुमाउदै बधाई दिन् थालिन् । यतिकैमा रासीले आमा म प्रथम भएको फेल भएको होइन् किन रुनु भएको भनेर सोधिन् । सिम्रनले कुनै जवाफ फकाईनन् । यसरी सिम्रनले आफुले पुरा गर्न नसकेको सपना रासीलाई पुरा गर्ने छिन् भन्दै मनमा अनेक कथन खेलाउन थालिन् । एकदिनको कुरो हो सिम्रनको घरमा सिम्रनलाई पल्टनबाट सेतोपेपरमा बाधिएको चिठी आउँछ । सिम्रनले पढदै जादा आफ्नो श्रिमान सिमा युद्धमा मारिएको थाहा पाउँछिन् र त्यतिकैमा सिम्रन बेहोस हुन्छिन् । सिम्रन बहोस अवस्थामा देखेर रासी, वुवा आमा सबै रुवाबासी हुन थाल्छ । राजको अन्तिम संस्कार सम्पन्न गरिन्छ । सिम्रनका ति खुसीका दिन दुखमा परीणत हुन्छन् । म सिम्रनका डाक्टर बन्ने सपना रासी पुरा गर्छिन कि गर्दिनन् भनेर सोच्दै गर्दा ममीले बावु चिया खाने वेला भयो उठ भनेर झसङ्ग बिऊझाइदिनु भयो । अनि मेरा ति दिन रासीको डाक्टर वन्ने कल्पनामा वित्यो ।

यस कथा सरल भाषा सैलीमा लेखिएको छ । यस कथामा हाम्रो समाजमा नारी अर्थात चेलीको व्यथालाई सामान्य रुपमा सम्बोधन गरिएको छ । अझै पनि नेपाली समाजमा यस्ता किसिमका घटना नारीहरुले भोग्दै आउनु परेको छ । छोरी आफ्नो सपना पुरा गर्न नसकेको र छोरी मान्छे जन्मिदा मानिसमा छुटै विचार प्रकट हुनु वास्तविक रहको छ । यसको अनत्य हुनुपर्दछ । छोरीलाई एक कर्मठ नेतृत्वशिल बनाउन सक्दो सहयोग सबैले गर्नुपर्दछ ।







सम्बन्धित
Loading...