शिक्षकहरुका लागि सूचना सञ्चार प्रविधि तालिम


चितवनको इच्छाकामना गाउँपालिका ४ कुरिनटारमा रहेको सर्वशान्ति माध्यमिक विद्यालयले शिक्षकहरुका लागि छ दिने सूचना सञ्चार प्रविधि तालिम सञ्चालन गरेको छ । तालिमको आइतबार इच्छाकामना गाउँपालिका शिक्षा शाखा प्रमुख दुर्गादेवी खड्काले उद्घाटन गरेको तालिम शुक्रबारसम्म चल्नेछ । शिक्षा शाखा प्रमुख खड्काले शिक्षण पेसालाई प्रभावकारी र औचित्यपूर्ण बनाउन शिक्षकहरुमा सूचना प्रविधिको ज्ञान सीप अपरिहार्य हुनुपर्ने अवस्था रहेको बताए ।




विद्यालयका प्रधानाध्यापक जोन खरेलले विद्यालय शिक्षालाई समयानुकूल प्रभावकारी बनाउन आन्तरिक शिक्षकहरुको सहजीकरणमा विद्यालयले निःशुल्क तालिम आयोजना गरिएको बताए। सामाजिक दूरी कायम राख्दै आवश्यक सुरक्षा सतर्कताका साथ तालिम सञ्चालन गरिने उनले बताए।




सम्बन्धित
Loading...