डुबानका कारण पश्चिम नवलपरासीको सयौं विगाहाको घान बाली नष्ट


गोपी ज्ञवाली ।  साउन महिनाको पहिलो हप्ता देखी परेको अविरल वर्षाका कारण झरही खोलाको पानीको डुबानका कारण पश्चिम नवलपरासीको दक्षिणी भागमा सयौं विगाहामा लगाईएको धान बाली गलेर नष्ट भएको छ ।  पश्चिम नवलपरासीको पाल्हीनन्दन गाउँपालिकाबाट भएर बगने झरही खोला र सरावल गाउँपालिकाकाबाट भएर बगने धनेवा खोलको बाडी खेतहरुमा पस्दा भएको डुबानले यसक्षेत्रको छ सय विगाहा भन्दा बडि क्षेत्रमा लगाईएको धान खेती पुर्ण रुपमा नष्ट भएको पाल्हीनन्दन गाउँपालिकाका कृषि शाखा प्रमुख पशुपति चौधरीले बताएका छन ।
पाल्हीनन्दन गाउँपालिकाका कृषि शाखा प्रमुख चौधरीका अनुसार साउन महिनाको पहिलो हप्ता देखी परेको अविरल वर्षाका कारण फरही खोला र धनेवा खोलाको बाडी खोतहरुमा पसेर भएको डुबानका कारण पाल्हीनन्दन गाउँपालिकाको वार्ड नम्बर १ को शंकरपुर, वार्ड नम्बर ६ को सनही, पडरी, रगरगंज, लौडिहवा, मधौलिया, खडौना, प्रसौनी, धडडा, बर्जटोल लगाएतका क्षेत्रमा लगाइएको छ सय विगाहा क्षेत्रफलमा लगाईएको धान खोती पानीले पुर्णरुपमा नष्ट गरेको छ ।
पश्चिममा झरही खोला र पुर्वमा धनेवा खोलामा आएको बाडी खोलामा भरीए पछि खोतहरुमा पसेको थियो । यसरी खेतमा पसेको खोलाको बाडि खोलामा समतुल्य हुने गरि भरिएको बाडि एक हप्ता सम्म भरिई नै रहयो पछि खोलाको पानी घटे पनि खेतहरुमा भरिएको पानी निकासको अभावका कारण लामो समय सम्म खेतहरुमा नै भरिई राखे पछि यसले सयौं विगाहाको धान बाली नष्ट गरेको पाल्हीनन्दन १ शंकरपुरका स्थानियबासी धनश्याम यादवले बताएका छन । खेतमा पानी जम्मा भएकै अवश्थामा पछि वर्षा रोकिए पछि चर्को धामले खेतको पानी ताते पछि सरावल गाउँपालिका वार्ड नम्बर ३, ४, पाल्हिनन्दन गाउँपालिकाको वार्ड नम्बर १ र ६ को सयौं विगाहामा लगाईएको धान बाली नष्ट गरेको छ । यसै विच झरही र धनेवा खोलाको बाढी बस्तीहरुमा पसेको करिब एक दर्जन गाउका सयौं मानिसहरु गाउँमा बनाईएको आश्रय स्थलमा सरणार्थीको जिवन विताउनु बाध्य भएको शंकरपुरका हरिहर यादवले बताए ।
भारतीय सिमाना नजिक रहेका यी खेतका फाँटहरुमा यस वर्ष अत्यन्तै राम्रो धान खेती रहेको थियो तर हप्तौ सम्म बाडीको पानीले खेतमा रहेको धान ढुबानमा परे पछि धान बाली अहिले नष्ट भएको छ । यसरी धान बाली नष्ट भएको भए पनि सम्बन्धित कुनै निकायबाट राहतको केही संकेत सम्म नआएको शंकरपुरका स्थानियबासी यादवले बताए । २०७२ सालमा दुबै खोलाको पानी खेतमा पसेको भए पनि यति धेरै नोक्सान नभएको सम्फदै शंकरपुरका हरिहर यादवले यस वर्ष ठुलो क्षति भएकोले सरकारले धनेवा खोला र झरही खोलामा अग्लो तटबन्ध बनाउनु पर्ने भन्दै राहत भन्दा पनि थाई समाधानका लागि खोलाहरुमा तटबन्ध बनाउन माँग गरेका छन ।







सम्बन्धित
Loading...