विराटनगरमा भौतिक दूरी कायम गरी गाडीमार्फत् राधाकृष्ण रथयात्रा निकालियो


विराटनगरमा भव्य रुपमा मनाउदै आइएको राधाकृष्ण रथयात्रा यसपटक सामान्ने खटयात्राका रुपमा निकालिएको छ । वि.सं. १९८८ देखि प्रत्येक वर्ष श्रीकृष्ण जन्माष्टमीको भोलिपल्ट विराटनगर वडा नं १ पोखरियास्थित राधाकृष्ण मन्दिरबाट भव्य रथयात्रा निकाल्ने गरिन्थ्यो । यो वर्ष भने विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीलगायत केही व्यक्तिहरुको उपस्थितिमा भौतिक दूरी कायम गरी गाडीमार्फत् पूरानो खटमा राधा कृष्ण भगवानको मूर्तिसमेत गाडीमा राखेर नगर परिक्रमा गराइएको छ ।नगर वरिपरि करिब ८ किलोमिटर घुमाएर पुनः राधा कृष्ण मन्दिर पुगेर राखिएको छ ।




परम्परादेखि मनाउदै आएको संस्कृतिलाई कायम राख्दै भगवान राधाकृष्णप्रति श्रद्धा र भक्तिभाव प्रकट गर्न खटयात्राका रुपमा बजार परिक्रमा गराइएको राधाकृष्ण मन्दिरका अध्यक्ष बाबुराजा ओझाले जानकारी दिए ।विराटनगरमा निकालिने राधाकृष्ण रथयात्रामा नेपाल तथा भारतका हजारौं भक्तजनहरुको सहभागिता हुनेगर्दथ्यो । रथ तान्ने डोरी छोएमा आफूले गरेको पापबाट मुक्ति पाइने धार्मिक विश्वास रहदै आएको छ ।  तर, यो वर्ष भने राधाकृष्णको खटलाई गाडीमा राखेर विस्तारै नगर घुमाएर मनाइएको छ । प्रदेश सरकारले रथयात्राका दिन झापा मोरङ र सुनसरीमा सार्वजनिक विदा दिने गरेको छ ।  तर, यो वर्ष भने राधाकृष्णको खटलाई गाडीमा राखेर विस्तारै नगर घुमाएर मनाइएको छ ।




सम्बन्धित
Loading...