कृषि सहकारीले दियो कावासोतीका केरा किसानलाई राहत

325







कावासोती । किसानको समस्या जहिले पनि जिउका तिउ रहेको गण्डकी प्रेदेश सांसद ओमकला गौतमले बताएका छन् ।
अहिलेको विषम परिस्थितिमा सबै जनताका जीविकोपार्जन कृषिबाट नै गुजार चलिरहेको र आर्थिक स्थितिमा पनि परिवर्तन भएको गौतमले बताए ।
कृषि सुरक्षा बहुउद्देश्य सहकारी संस्थाले हावाको कारण केरामा क्षति भएका किसानहरुलाई राहत वितरण गरेको कार्यक्रमलाई सम्बोधन गर्दै सो कुरा बताएका हुन् ।
सहकारीले कावासोती नगरपालिका वडा नम्बर ३, ८, ६, २ नम्बरका गरि १० जना पीडित किसानलाई राहत हस्तान्तरण गरिएको थियो । कावासोती नगरपालिका वडा नम्बर ३ का वडा अध्यक्ष अमृत श्रेष्ठले केरा किसानहरुलाई राहत दिन नसके किसान पलायन हुन सक्ने भन्दै किसानहरुको समस्यामा राज्य गम्भीर बन्नुुपर्ने बताए ।
कावासोतीमा एक साता अघि आएको हावाहुरीले कावासोती क्षेत्रका ५० लाख बढीको केराखेतीमा क्षति पुर्याएको थियो । कतिपय किसानहरुले विमा नगरेका कारण क्षति रकम पाउन सकेका छैनन् ।
उनीहरुले यस बर्ष ठूलो मात्रमा हावाहुरीले केरामा क्षति गरेको र हावाहुरी आउने क्रम नरोकिएकाले लगानी डुुब्ने खतरा रहेको सहकारीका उपाध्यक्ष आत्माराम सुुबेदीले बताए । सहकारीका अध्यक्ष सीता कुुँवरको अध्यक्षतामा कार्यक्रम भएको थियो ।

You might also like
Loading...