सीपीएल क्रिकेट : सन्दीपको टोलीको विजयी शुरुवात


काठमाडौं- क्यारेबियन प्रिमियर लिग (सीपीएल) क्रिकेट अन्तर्गतको नेपाली युवा स्पिनर सन्दीप लामिछाने सामेल टोली जमाइका तलाहवाजले वजयी शुरुवात गरेको छ । सेन्ट लुसिया जुक्ससँग गएराति भएको खेलमा जमैका तलाहवाजले पाँच विकेटको जित हात पारेको हो ।




१८.५ ओभरमा १६० रन बनाउँदै तलाहवाजले निर्धारित लक्ष्य पूरा गरेको थियो । यसअघि ब्याटिङ गरेको लुसिया जुक्सले १५९ रनको विजयी लक्ष्य प्रस्तुत गरेको थियो ।




जमैका तलाहवाजबाट खेलिरहेका सन्दीपले आफ्नो चार ओभरको स्पेलको अन्तिम ओभरमा एक विकेट लिन सफल भएका थिए । समग्रमा सन्दीपको खेल खेल औसत रह्यो । उनले ४ ओभरमा २३ रन खर्चदैँ १ विकेट लिएका थिए । सन्दीपको बलमा २० बलमा २५ रन बनाएर खेलिरहेका जाद्रान ठूलो सट प्रहार गर्ने क्रममा रोभमन पावेलको हातबाट क्याचआउट भएका थिए । सेन्ट लुसिया जुक्ससँगको खेलमा सन्दीपले अफगानी खेलाडी नजिबुल्लाह जाद्रानलाई आउट गरेका हुन् ।

टस हारेर ब्याटिङ थालेको जुक्सले ७ विकेट गुमाएर १५८ रन बनाएको थियो । उसका लागि रस्टन चेजले ५२ रनको योगदान दिएका थिए । त्यसैगरी जमैकाका मुजिब उर रहमान र ओसेन थोमसले २- २ विकेट लिएका थिए ।




सम्बन्धित
Loading...