भारतीय केराका कारण नवलपरासीका केरा ब्यावसाय मारमा

312







गोपी ज्ञवाली

नवलपरासी, ५ भदौ । अनियन्त्रीत रुपमा भारतबाट आएको केराका कारण नवलपरासीका केरा उत्पादक किसानहरु मारमा परेका छन ।
उखु खेती गरेर समयमै रकम र उचित मूल्य पाउनबाट बन्चित भएका पश्चिम नवलपरासीका किसानहरु पछिल्ला केही वर्ष देखी केरा खेती तर्फ आकर्षित हुदै गएको अवश्थामा अनियन्त्रीत रुपमा भारतबाट नेपाल भित्रीयका केराका कारण नेपाली केराले बजार पाउन नसकेको नवलपरासी केरा उत्पादक संघका जिल्ला अध्यक्ष लख्खु यादवले बताए ।
अहिले कोरेना भाईरसको महामारीले गर्दा लक डाउनको समयमा पनि भारतबाट अबैध केरा नेपाल आउने क्रम नरोकीए पछि नेपाली केरा उत्पादक किसानहरु मर्कााम परेका छन । केही सरकरी अधिकारी एवं केराका विचौलियाले गर्दा पछिल्लो समयमा नवलपरासीका केराहरु गण्डकी प्रदेशको पोखरामा प्रवेश रोक लगाईएको थियो भने भारतीय केरा काठमाण्डौ लगि केही विचौलियाको मिली मोतोमा नेपाली कागज बनाई बजारमा पुर्याईएको नवलपरासी केरा उत्पादक संघका जिल्ला अध्यक्ष यादवले बताए ।
यस क्षेत्रमा उत्पादन भएको ६० प्रतिशत केरा गण्डकी प्रदेशको पोखरा बजारमा जाने गर्दछ । पोखराका फलफुल थोक व्यवसायिहरुबाट माग भए अनुसार यस क्षेत्रको वडाको सिफारिश लगाएत आवश्यक कागजात सहित पठाएको केरा पोखरा नगर भित्र पस्न समेत समस्या हुने गरेको यादवले बताए ।
केही सरकारी कर्मचारीको मिलीमोतोमा भारतीय केरा मुख्य रुपमा भैरहवा भन्सारबाट नेपाल प्रवेश गरि काठमाण्डौ जाने र काठमाण्डौबाट नेपाली भ्याट विलको प्रयोग गरि पोखर लैजाने गरेका कारण नवलपरासीका किसानले उत्पादन गरेको केराले बजार नपाएको बताईएको छ ।
लोजिनाई, नन्दन, रावेस्टा नामक प्रजातिका केराको खेती नवलपरासीको दक्षिणी क्षेत्रका किसानहरुले गर्दै आएका छन ।
पश्चिम नवलपरासीको ठुलो खैरेटहवा, सोमनी, जमुनिया, खैरहनी, प्रतपुर, सुर्यपुरा, बैदौली, श्रीरामपुर, गुहरपुरवा, बदरी, पीपरपाती, बलुवा टोला पकलिहवा, नर्सही, कुडिया, रुपौलिया, त्रिवेणीको बनकटटी, रैहवा, जीतपुरगढि, रानीनगर लगाउतका क्षेत्रमा पछिल्लो समयमा केरा खेतीले ब्यापकता पाउदै गएको छ ।

You might also like
Loading...