कोभिड-१९ को महामारीबाट विजय प्राप्त गर्न वैज्ञानिक समाजवाद


हस्तबहादुर केसी, गत वर्ष सन २०१९ डिसेम्बरमा चीनको वुहान शहरबाट उत्पन्न भई विश्व व्यापी रुपमा एक महामारीका रुपमा फैलिएको कोभिड – १९ ( कोरोना भाइरस ) बाट यस ९ महिनाको अबधि भित्र विश्वभर  २२,५५९,१०६ जना संक्रमित भएककोमा ७९०,०९० जनाको ज्यान गइसकेको छ भने १५,२९२,७१२ जना आौषधि उपचार पछि निको भएर घर फर्किसकेका छन् ।



नेपालमा पनि आजका मितिसम्म २८९३८ जना संक्रमित भएकामा  १२० जनाले ज्यान गुमाइसकेका छन् भने आौषधि उपचार पछि १७,७०० जना निको भएर घर फर्किसकेका छन् । संक्रमण देशव्यापी रुपमा तीव्र गतिले बढिरहेकोले अझ धेरै जनाले ज्यान गुमनउने खतरा बढिरहेको देखिन्छ ।
रुसले यसको आौषधि ( Vaccine) पत्ता लगाएको घोषणा गरेको भए पनि त्यसलाई विश्व स्वास्थ्य संगठनले मान्यता दिएको छैन । यो वैज्ञानिकहरुकाबिचमा खोज अनुशन्धानकै विषय छ । विज्ञानमा निरविकल्प कुनै पनि चिज हुदैन । यस मानव संहारकारी महामारी कोभिड – १९ को विरुद्धको खोप ( vaccine ) ढिलो चाँडो मात्रै हो तर अहिले पत्ता लागि नसकेको अवस्थामा यसको जोदिम अरु बढेर जाने निश्चित छ । संसारका विभिन्न मुलुकहरुमा अनेक प्रयत्न गर्दा गर्दै पनि व्यापक रुमा संक्रमितहरु बढिरहेका र मृत्यु हुनेको संख्यामा पनि बढोत्तरी भइरहेको स्थितिको विश्लेषण गर्दा यो बढेर जाने देखिन्छ ।



पहिलो विश्व युध्द (सन १९१४ – १९१८ ) र दोस्रो विश्व युध्द ( सन १९३९ – १९४५ ) मा विश्वभरमा जुन संख्यामा मानिसहरुले ज्यान गुमाएका थिए , त्यस पछि यस कोभिड – १९ को महामारीबाट ठूलो ( लाखौं ) संख्यामा मानिसहरुले ज्यान गुमाइरहेका छन् र यो ज्यान गुमाउने क्रम दूर भविष्यसम्म अगाडि बढ्ने देखिन्छ । यो ज्यादै दुखद विषय हो ।
जनताको लागि आपत विपतका बेला राज्य व्यवस्था अर्थात् सरकार जिम्मेवार र अविभावकको रुपमा रहेको हुन्छ । सरकारसंग राज्यको सम्पूर्ण साधन – श्रोत , जनशक्ति रहेको हुन्छ । त्यस्तो बेलामा राज्यले अर्थात् सरकारले सहयोगीको भूमिका मात्र होइन , अविभावकको भूमिका निर्वाह गर्नुपर्ने हुन्छ  । त्यसो भएर नै राज्यको आवश्यकता परेको हो ।
जनताको लागि आपत विपतका बेला राज्य व्यवस्था अर्थात् सरकार जिम्मेवार र अविभावकको रुपमा रहेको हुन्छ । सरकारसंग राज्यको सम्पूर्ण साधन – श्रोत , जनशक्ति रहेको हुन्छ । त्यस्तो बेलामा राज्यले अर्थात् सरकारले सहयोगीको भूमिका मात्र होइन , अविभावकको भूमिका निर्वाह गर्नुपर्ने हुन्छ  । त्यसो भएर नै राज्यको आवश्यकता परेको हो ।
जनताको सामु यति ठूलो प्राकृतिक प्रकोपको रुपमा कोभिड – १९ को महामारी विश्व व्यापी रुपमा फैलिएर जसरी लाखौं जनताको ज्यान लियो , करोडौंको संख्यामा मानिसहरु संक्रमित भएर विश्वभर विभिन्न असपतालहरुमा जीवनमरणको लडाइँ लडिरहेका छन् र आज संगै असपतालका वेडमा सुतिरहेको विरामी साथी भोलिपल्ट विहान ज्यान गुमाइसको खबर सुन्नु पर्ने अवस्था विक्राल रुपमा बढिरहेको देखिन्छ । यो क्रम जारी छ ।
यस्तो गंभीर परिस्थितिको बेला विश्वका कुनै पनि देशको सम्बन्धित सरकारले जनताको ज्यानको बचाउ र सुरक्षाको निम्ति सम्पूर्ण शक्ति प्रयोग गरेर अधिकतम प्रयत्न गरेर जनताको थोरै भन्दा थोरै क्षति हुने कुरामा ध्यान दिनुपर्नेमा संसार भर सम्बन्धित मुलुकका सरकारहरुले त्यस प्रकारको भूमिका निभाएको पाइदैन । समयमै सरकारले गंभीर बनेर कोरोना महामारी र संक्रमणबाट जनतालाई बचाउन र जोगाउन ध्यान नदिएकै कारण लाखौं मानिसहरुले अनाहकमै ज्यान गुमाउनु परेका यथार्थ घटनाहरु विश्व जनताका सामु दिनको घाम जत्तिकै छर्लङ्ग भइसकेको छ ।
यस्तो हुनुमा विविध वैज्ञानिक कारणहरु रहेका छन् । जस्तो कि :
(१) पुँजीवादी संसदीय व्यवस्थाकैै असफलता :
विश्व व्यापी रुपमा फैलिएको कोभिड – १९ को संक्ररमण र महामारीबाट जनताको ज्यानको सुरक्षा गर्न साम्राज्यवादमा गिरिसकेको पुँजीवादी संसदीय व्यवस्था असफल भइसकेको छ । यसरी आज  विश्वभर २ लाख  बढीले अनाहकमै ज्यान गुमाउनुमा विश्व पुँजीवादी संसदीय व्यवस्था जिम्मेवार रहेको छ ।यस प्रकारको परिणाम आउनुमा निम्न कारणहरु रहेका छन् :
( क) दलाल सत्ता हुनु :  पश्चिमा पुँजीवादीहरुले प्रयोग गर्दै आएको सढेगलेको संसदीय दलालहरुको व्यवस्था हो । भ्रष्ट ठेकेदारहरुको व्यवस्था हो । विचौलीयाहरुको व्यवस्था हो । माफियाहरुको व्यवस्था हो । काला बजारीयाहरुको व्यवस्था हो । मुनाफाखोरहरुको व्यवस्था हो । तस्करहरुको व्यवस्था हो । हत्यारा र बलत्कारीहरुको व्यवस्था हो । लुटेरा र अपराधीहरुको व्यवस्था हो । भ्रष्ट र अन‌ैतिकहरुको व्यवस्था हो । पुँजीवादी संसदीय व्यवस्था यस प्रकारका अपराधी र दलालहरुको सरकार भएकोले दलाल सरकारले जनतालाई माया गर्दैन । जनताको जनताको सहयोगी हुदैन । जनताप्रति सरोकार राख्तैन । उसको एक मात्र उद्श्ये जनतामाथि रजाइँ गर्ने र जसरी पनि पैसा कमाउने हुन्छ । त्यो सरकार नाफा मुनाफामा मात्र चल्ने गर्दछ ।

 नेपाल मै देखियो कि कोरोनाका नाममा नामधारी कम्युनिस्टहरूको नक्कली खोल ओभरको नेकपाको सत्ताधारी वर्गलाई कोरोना संक्रमणका कारण नेपाली जनता त्राही त्राही भइरहेको बेला , नेपाली जनता  गाई- भैसी, भेडाबाख्रा ग‍ठ जस्ता क्वारेन्टाइनहरुमा जनतलाई हुलेर , श्रमिक मजदुरहरु बेरोजगार भएर साँझ विहानको खानाको अभावले भोगभोगै मरिरहेको बेला , महिलाहरु क्वारेन्टाइनहरुमा बच्चाहरु जन्माउन बाध्य भइरहेको बेला , महिलाहरु क्वारेन्टाइनहरुमै सामुहिक बलात्कृत भइरहेका अवस्थामा , युवाहरु सरकारी अवस्थाका कारण क्वारेन्टाइनहरुमा आत्महत्या गरिरहेका बेलामा , भारत प्रवासमा रोजगारी गुमाएर , भारतमै कोरोना संक्रमण बढेर असुरक्षित बने पछि स्वदेश फर्किएका , आफ्नै घरतिर फर्किरहेका नेपाली मजदुर दाजुभाइ दिदीबहिनीहरुलाई सिमानामा अलपत्र पारेर , मलेसिया , अष्ट्रेलिया , खाडी , पश्चिम युरोप लगायत विश्वका विभिन्न मुलुकहरुमा रोजगारी गुमाएर घर फर्कन तयार गरिरहेका नेपाली मजदुरहरुलाई घरफर्काउने कुनै योजना नबाइकन विजोग पारेर , सिमा नाकाहरुमा आवत जावतमा कुनै कडाइ नगरिकनै , न्यून संक्रमित भएको अवस्थामा देशव्यापी रुपमा Lockdown गरेर एकातिर मुलुकलाई अन्धकारमय बनाउने र अर्को तिर  सत्ताधारीहरु करोडौंको , खरबौको भष्टाचार गर्ने , मुलुकको ढुकुटीमाथि ब्रह्मलुट मच्चाउने तिर लागेको कुरा दिनको घाम जत्तिकै छर्लङ्ग छ ।
नक्कली ओम्नी कम्पनी खडा गरेर चीनबाट आौषधि खरिदमा उप प्रधानमन्त्री , स्वास्थ्य मन्त्री , स्वास्थ्य मन्त्रालयका भ्रष्ट कर्मचारीहरुद्वारा गरिएको करोडौंको भ्रष्टाचार पनि दिनको घाम जत्तिकै छर्लङ्ग छ । राहतका नाममा गरिएका भ्रष्टाचारहरु, , राष्ट्रपतिले १ करोडको रातो कार्पेट विछ्याइएको घटना र प्रदेश सरकारहरुले यही बेला अत्यधिक सुविधा बढाएका छन् । साथै २ नम्बर प्रदेश र ५ नम्बर प्रदेशका मुख्य मन्त्रीहरुले ३/३ करोडका गाडीहरु चढिरहेका छन् ।
यसरी एकातिर कोभिड – १९ को संक्रमण र जोखिमले जनता भएवित भइरहेका छन् भने अर्कोतिर सत्ताधारीहरुलाई दशै तिहार आइरहेको छ । यति मात्र होइन , नेपालमा त ओली सरकार भ्रष्टाचारीहरुलाई सख्त कार्वाही गर्नुको सट्टा भ्रष्टहरुलाई संरक्षण गर्ने र अपराधीहरुलाई प्रोत्साहन गर्ने कार्य गरिरहेको छ । नेपाल मात्र होइन , विश्वभरका पुँजीवादी यही रवैया अपनाउदै आएका छन् । पुँजीवादी संसदीय व्यवस्थाको साझ विशेषता नै हो ।
अत: संसारभरका पुँजीवादी संसदीय व्यवस्था दलालहरुको व्यवस्था भएकोले माफियाहरुको , विचौलीयहरुको, ठेकेदारहरुको, मुनाफाखोरहरुको तस्करहरुको , अपराधीहरुको योजना र निर्देशनमा दलाल सरकार चल्ने भएकोले कोभिड – १९ को संक्रमणबाट जोगिन बन्दाबन्दी मात्र एक वैज्ञानिक हुदाहुदै पनि दलाल , ठेकेदारहरु , विचौलीयाहरु , माफियाहरु , काला बजारीयाहरु , मुनाफाखोरहरु , भ्रष्टहरु समेतको दवापमा बन्दाबन्दी कतै खुकुलो बनाउने , कतै खुला गर्ने गरेकाले विना तयारी यस्तो रव‌ैया अपनाएकाले विश्वभर नै यति ठूलो संख्यामा मानिसहरुले ज्यान गुमाउन बाध्ये भए । अर्थात् दलाल सरकार कै कारण कोभिड १९ को महामारी विश्वभर खडेरीमा डढेलो सल्काए झै गरी फैलिन पुगेको छ । यी सबै परिघटनाहरु र दलाल सरकारहरुको विश्लेषणबाट के निश्कर्षमा पुग्न सकिन्छ भने साम्राज्यवादमा गिरिसकेको पुँजीवादी संसदीय व्यवस्था कोभिड – १९ ( कोरोना भाइरस ) बाट विजय प्राप्त गर्न असफल भैसकेको छ ।
( ख) दलाल सरकारको चरित्र अनुदार र गैर जिम्मेवार हुनु : पुँजीवादीहरुले आफ्नो मक्किएको पुरानो संसदीय व्यवस्था मार्फत दलाल सरकार सञ्चालन गर्दै आएका कारण दलाल सरकारको चरित्र जनताप्रति अनुदार र गैर जिम्मेवार रहने भएकोले त्यस दलाल सरकारले जनतालाई माया गर्दैन , सहयोगी पनि हुदैन ।
 विश्व मानव समाजमा कोरोना भाइरस जस्ता मानव संहारकारी महामारीहरु र अन्य मानवता विरोधी प्राकृतिक प्रकोपहरु जस्तै हैजा , सरुवा रोगहरु , भूकम्प , ज्वाला मुखी, आँधी बेरी, बाढी – पैरो, आगलागी आदि बेला  बखतमा नदोहोरियका होइनन् जहिले पनि दलाल सरकार अनुदार र गैर जिम्मेवार तथा निरिह रहदै आउने गरेकाले विश्व मानव समुदायले धेरै क्षति व्यहोर्नु परेको छ ।
पुँजीवादी संसदीय व्यवस्था रुपी दलाल सरकार जनताको लागि अनुदार र गैर जिम्मेवार हुने भएकोले कोभिड – १९ को संक्रमण फैलिने बित्तिकै संयुक्त राज्य अमेरिका , पश्चिम युरोपका इटली , स्पेन , फ्रान्स , जर्मनी लगायतका देशहरूमा र ल्याटिन अमेरिकी मुलुकहरु , ब्राजिल तथा भारत जस्ता देशहरूमा समयमै वैज्ञानिक ढंगले योजना बनाउने र कार्यनयन गर्न समयमै ध्यान नदिदा ती देशहरूमा करोडौंको संख्यामा संक्रमण फैलियो र लाखौं जनाले ज्यान गुमाउन बाध्ये भए र त्यो जोखिम कायमै छ । दलाल पुँजीवादी सत्ता जनविरोधी हुनुका कारण यति ठूलो संख्यामा मानवीय क्षति भइरहेको छ । र आर्थिक रुपले पनि विश्व मानव समुदायले ठूलो क्षति व्यहोर्नुपरेको छ ।
एउटा सुवोधित कुरा के हो भने दलाल सरकारहरुलाई के हुन्छ भने मानिसहरु मरुन कि सरुन कि केही मतलव हुदैन । उनीहरूलाई मुख्य चिन्ता जसरी पनि पैसा कमाउने र पुँजी सञ्चय गर्ने र मुनाफा सोहोर्ने रहेको हुन्छ । नेपाल कै उदाहरणलाई पनि हेर्न सकिन्छ । जस्तो कि नेपालको दलाल सरकारले जतिबेला Lockdown गर्ने बेला भए कै थिएन , किनकि जम्मा २ जना मात्र संक्रमण भेटिएका थिए , त्यतिबेला देशव्यापी रुपमा Lockdown गरेर मुलुकलाई कर्फ्यु लगाए सरह तुल्याइयो ।
जव कोभिड – १९ बाट संक्रमितहरुको संख्या बढ्दै गयो , ज्यान गुमाउनेहरुको संख्या पनि बढ्दै गएको थियो त्यतिबेला Lockdown देश व्यापी रुपमा खोलिय‍ो । यसो गर्नुको मुख कारण जनताबाट कर असुली गर्नु थियो । बजार खोलियो । सरकारी अड्डा अफिसहरु खोलियो । सार्वजनिक यातायात खोलियो । मानव आवत जावत बढ्दै गयो र आज कोरोनाको भयावह भयानक भएर गयो र १०० जना भन्दा बढिले ज्यान गुमाई सकेका छन् भने २५ हजार भन्दा बढी संक्रमित भइसकेका छ ।
ओली नेतृत्वको दलाल सरकार जनताका लागि रमिते सरकार भएकाले अहिले कोरोना संक्रमितहरुलाई आफ्नै घरमा क्वारेन्टाइनमा बस्न बाध्ये पारेर कोरोना नियन्त्रणका लागि आएको अरबौक‍ो अनुदान , चन्दा सहयोगमाथि ब्रह्मलुट मच्चाएर तमासा देखाइरहको छ । घरमै कोरोना संक्रमित आइसुलेसनमा बस्नु पर्दा घरपरिवार र छिमेकीहरु समेत त्रसित र भयवित बनाउने नाटक मञ्चन गरिरहेको छ ओली नेतृत्वको दलाल तमासे सरकार । संसारमै यही रवैया अपनाइरहेका छन् पुँजीवादी संसदीय दलाल सरकारहरु र विश्व जनतालाई सास्ती दिइरहेका छन्  पुँजीवादी दलाल तथा माफिया र विचौलीयाहरुले ।

( ग) भ्रष्टाचार र अपराध ढाकछोप गर्न पद स्वार्थको लडाइँ :
दलाल सरकारका पार्टीहरु भित्र उनीहरूद्वारा सृजित विविध प्रकारका अपराधहरु र अरबौको भ्रष्टाचार गुपचुप पार्न र लुकाउने उद्श्येले निहित पद स्वार्थको बहानाबाजी गरेर आन्तरिक लडाइँ गरेर जनताको ध्यान अनेत्रै मोड्न विविध प्रकारका नाटक र प्रपञ्चहरु गरिरहेका छन् । नेपाली समाजमा कोरोना भाइरसको संक्रमण  र जोखिम बढ्दै गए पछि सत्ताधारी नेकपा भित्र केपी ओली र प्रचण्ड जस्ता नग्न र नालायक एवं पदलोलुप पात्रहरुलाई अगाडि सारेर प्रधानमन्त्री पदका लागि कुकुर – बिरालोको जस्तै लडाइँ लडाइयो । उक्त लडाइँ संसारलाई हसाउने तहसम्म पुर्याइयो । अहिलेसम्म आइपुग्दा कोरोना संक्रमण र नियन्त्रणका लागि विदेश तथा स्वदेशबाट विविध निकायहरुबाट जम्मा भएको अनुदान सहयोग रकम कोरोना संक्रमण नियन्त्रण र रोगथाम गर्न र जनतालाई राहत दिलाउने , कोरोना संक्रमितहरुलाई बचाउन क्वारेन्टाइन र आइसुलेसनहरु र भेन्टिलेशनको उचित व्यवस्थापन ,।पिसिआर परिक्षण गर्ने मेशिनको व्यवस्थापनमा नलगाएर सबै झ्वाम पारिसके पछि अहिले आएर केपी ओली र प्रचण्ड जस्तो जनविरोधी , राष्ट्र विरोधी दलाललाई मिलाउने खेलरुपी नौटंकी नाटक मञ्चन भइरहेको छ । यी सबै खराबीहरु पुँजीवादी संसदीय व्यवस्थाका खराब विशेषता भित्र पर्दछन् । यसैलाई केपी – प्रचण्ड जस्ता घोर दलालहरुले गरिरहेका छन् ।
( घ) नैतिकता गुमाएका शासकहरु :
नेपाल पनि विश्व राजनीतिको एक अंग पर्दछ । वर्तमान नेपालको शासक वर्गले , राजनीतिक नैतिकता , इमान , जमान र आदर्शहरु गुमाइसकेको छ । यसको पछिल्लो उदाहरण र शिक्षा सत्ताधारी नेकपा भित्र देखिएको पदलोलुप प्रबृत्ति र भ्रष्टाचार नै । राजनीतिक रुपमा यति ठूलो मात्रामा भ्रष्टाचार र पदलोलुपको लडाइँ नेपालको ,राजनीतिक इतिहासमा पहिलो नै हो  । कोरोनाकै निहुँमा  ओम्नी काण्डका भ्रष्टाचारीहरुलाई बचाउनु , वाइड बडी काण्डका भ्रष्टाचारीहरुलाई बचाउनु , गोकुल बास्कोटा भ्रष्टाचार काण्डलाई गुपचुप पार्नु र कोरोनाकै निहुँमा मुलुकमा घटेका अन्य हत्या , बलत्कारका घटनाहरुलाई गुपचुप पार्ने र जसरी हुन्छ पैसा कमाउने खेल खेल्नुले नेपालका सत्ताधारीहरुले नैतिकता गुमाइसकेका छन्  र तैपनि सत्ता , भत्ता र पदको लुछाचूँडीको कुकुरे कलह मच्चाइरहेका छन्  ।
यस प्रकारका रवैयाहरु संसारभरका पुँजीवादीहरुले अपनाइरहेका छन्  l

(२) पुँजीवाद नै कोरोना महामारीको मूल कारण :
कोरोना भाइरस ( COVID – 19 ) को विश्व व्यापी रुपमा महामारी फैलिनु , यस महामारीले लाखौंको ज्यान लिनु , करोडौं जना संक्रमित भएर भयग्रस्त हुनु , विश्व व्यापी रुपमा आर्थिक संकट पैदा हुनु , श्रम गरेर , रगत र पसिना बगाएर जीव गुजारा गर्नेहरु निरन्तर रुपमा गरीब बन्दै जानु र श‍षक, फटाह , भ्रष्ट लुटेराहरु र धनीहरु निरन्तर धनी बन्दै जाने जुन परिस्थितिको निर्माण भएको छ यसको मुख्य कारण पुँजीवाद बन्न पुगेको छ ।
पुँजीवादले गरेको अनियन्त्रित आौद्योगिग विकास र कार्पोरेट सिस्टमे ल्याएको विश्व व्यापी प्रदुषण , त्यसले पर्यावरण( मौसम ) मा ल्याएको परिवर्तन आदिका कारणबाट कोरोना महामारी जस्ता प्रकोपहरु जुन विश्व मानव समाजमा पैदा गरेको छ , यसको मूल कारण नै पुँजीवाद हो । त्यसो भएर विश्व मानव समुदायले यस प्रकारको विकृतिपूर्ण पुँजीवादको अन्त्य गरेर वैज्ञानिक समाजवाद स्थापना गरेर मात्र सुसभ्य, सुन्दर मानव समाजको स्थापना गर्न सकिन्छ । त्यसैले वैज्ञानिक समाजवाद स्थापनाक‍ो विकल्प छैन अब विश्व मानव समुदायलाई ।
(३) सम्भावित जनविद्रोह :
माथि पनि धेरै ठाउँमा उल्लेख गरिएको छ कि कोभिड – १९ क‍‍‍ो प्रकोप र महामारीले विश्व मानव समाजमा मानवीय क्षति मात्र भएको छैन । यसले नेपाल लगायत विश्वभर श्रमिकहरुक‍‍ो रोजगारी कटौती गरिदिएको छ । मजदुरहरुलाई आर्थिक रुपमा विपन्न तुल्याउँदै आएको छ । मालिकहरुले पनि पहिले जस्तै सजिलो गरी कामदारहरुलाई रोजगार दिलाउने अवस्था नआउन सक्छ । आज पुँजीपति वर्ग पनि कोरोनाका कारण अलग थलग बन्न पुगेको छ । यस प्रकारको अवस्थाले एकातिर पुँजीपति वर्ग र श्रमिक मजदुरहरुकाबिचमा चरम मात्रामा अन्तर्विरोधहरु पैदा हुनेछ भने अर्कोतिर सरकार जनताको बिचमा पनि अन्तर्विरोधहरु चर्केर जाने सम्भावना बढ्नेछ । त्यस प्रकारको जटिल अवस्थामा नभने जस्तो गरी पुँजीपति वर्गले मजदुरहरुका मागहरू पुरा गर्न  सक्नेछन् , नत प्रतिक्रियावादी सरकारहरुले जनताका मागहरु पुरा गर्न सक्नेछन् ।
यस प्रकारको स्थितिले लेनिनले भन्नु भए झै एकातिर जनताले सरकारको विश्वास गर्न नसक्ने अवस्था सृजना हुनेछ भने अर्कोतिर सरकारले पनि जनतालाई विश्वास दिलाउन नसक्ने अवस्थामा पुगे पछि जनविद्रोह अनिवार्य बन्नेछ । त्यस बखतमा पैदा हुने विद्रोहले आम जनविद्रोहको वातावरण निर्माण गर्न पुग्नेछ । त्यतिबेला त्यसले ल्याउने नयाँ परिणाम भनेको वैज्ञानिक समाजवादीी क्रान्तिको अवस्था ह‍ो ।
त्यतिखेर सम्बन्धित जनविद्रोहको नेतृत्व गर्न र आफ्नो काँधमा आइपरेको वैज्ञानिक समाजवादको लक्ष्य पुरा गर्नका लागि क्रान्तिकारी कम्युनिस्ट पार्टीहरुले जनताको विश्वास लिएर क्रान्तिको सफल नेतृत्व प्रदान गर्न भौतिक तथा मानसिक रुपमा तयार हुनुपर्ने अवस्था सृजना हुने सम्भावना प्रबल छ र संसारमा मान्छे मान्छे भएर बाँच्नका लागि यसको विकल्प पनि छैन ।
(४) विकल्पमा वैज्ञानिक समाजवाद
माथि पनि धेरै ठाउँमा उल्लेख गरिएको छ कोभिड – १९ को महामारीबाट विजय प्राप्त गर्नका लागि वैज्ञानिक समाजवादको विकल्प छन  । किनकि व्यवहारमै पुष्टि भइसक्यो कोभिड – १९ को महामारीबाट जनताको ज्यूज्यानको सुरक्षा गर्न असफल भइसक्यो । पुँजीवादीहरुकै गलत नीति , गैर जिम्मेवार सरकारी रवैयाका कारण आज पश्चिम युरोप , संयुक्त राज्य अमेरिका , ल्याटिन अमेरिकी मुलुकहरु , दक्षिण अफ्रिकी मुलुकहरु र एशियाली महादेशका भारत लगायतका पुँजीवादी संसदीय शासन व्यवस्था अंगालेका देशहरू कोभिड – १९ को संक्रमण र महामारीबाट जनतालाई बचाउन , राष्ट्रलाई जोगाउन असफल भइसके । त्यसैले थोत्रो परिसकेको पुँजीपति वर्गले अंगिकार गर्दै आएको पुँजीवादी संसदीय व्यवस्था र त्यसको शासन प्रणाली पूर्णरूपमा विश्व जनताको लागि डेटस्क्वनएर भएको आौषधितुल्य भइसकेको हुनाले यसलाई जरैदेखि मुला उखेले झै उखेलेर फ्याक्ने र त्यसको स्थानमा वैज्ञानिक समाजवादको स्थापना गरेर विश्व मानव समुदायले वैज्ञानिक साम्यवादमा पुग्ने बाटो तय गर्नुको विकल्प छैन ।
(५) भूपू समाजवादी देशहरूको अनुभव :
कोभिड – १९ को जोखिम र महामारीबाट जनतालाई बचाउन र जोगाउन भूपू समाजवादी देशहरु पुँजीवादी देशहरुको तुलनामा एक हदसम्म सफल भएका छन् । आज समाजवादी देश नभए पनि ” हिङ नभए पनि हिङ बाँधेको टाल‍ो ” भने झै चीन , भियतनाम , क्युवा , कतिपय पूर्वी युरोपका भूपू सोभियत मोडेलका समाजवादी देशहरूले समयमै विचार पुर्याएकै कारण कोभिड – १९ को महामारीबाट जनतादाई बचाउन र देशलाई जोगाउन सफल भएका छन्  ।  आफ्नै विशेषताको  समाजवादी व्यवस्था चलाइरहेको उत्तर कोरियाले कोभिड – १९ को संक्रमणलाई देशभित्र प्रवेश गर्न नै दिएन । कम्युनिस्टहरूले मात्र हरेक कार्य वैज्ञानिक ढंगले सोच्छन् र व्यवहारमै कार्यान्वयन गरेको एउटा उदाहरण बनेको छ ।
भूपू समाजवादी देशहरूले देखाएको उदाहरणबाट पनि यो निश्कर्षमा पुग्न सकिन्छ कि कोभिड – १९ को महामारीबाट विजय प्राप्त गर्न र वर्गीय शोषण र उत्पीडनबाट  सदाको लागि वैज्ञानिक समाजवादको विकल्प छैन ।
अन्त्यमा मानव जातिमाथि आइपर्ने प्राकृतिक प्रकोपहरु वर्गीय मुक्ति प्राप्तिका लागि वैज्ञानिक समाजवाद स्थापनार्थ विश्व मानव समुदाय वैज्ञानिक समाजवादी क्रान्तिमा लामबध्द हुनुको विकल्प छैन ।
( केसी अन्तर्राष्ट्रिय लेखक तथा पत्रकार केन्द्रका अध्यक्ष हुन् ) ।



सम्बन्धित
Loading...