नारायणगढ मुग्लिन सडकखण्ड, जिर्ण पुलको सकस र पहिरोको जोखीम कायमै


चितवन । नारायणगढ मुग्लिन सडकखण्ड विस्तार गरिएपनि पहिरोको जोखीम र जिर्ण पुलको सकस कम भएको छैन । राजधानी काठमाडौं पोखरालगायतका मुख्य सहरलाई तराईसँग जोड्ने मुख्य मार्ग नारायणगढ– मुग्लिन सडक खण्डको दुःख अझै हटेको छैन ।




साँघुरो सडक,पहिरोको दुःख जिर्ण पुलको समस्या हटाउन सरकारले सडक विस्तार गरेपनि पहिरो जाने र घण्टौंँ सवारी जाम हुने समस्यामा सोचे अनुसार प्रगती हुन सकेको छैन । सन् २०१५ बाट सडक विस्तार गरी अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको दुई लेन सडक बनाइएको छ । सडक दुई लेनको बनाउन ठाउँठाउँमा पहाड काटिएको छ । सडक विस्तारको काम सकिए पनि पहाड काटिएको ठाउँमा पहिरो जाने गरेको छ ।

पहिरोको जोखिम क्षेत्र रहेको तुइन खोला, ४ किलो, १७ किलो, २६ किलो, २७ चार किलो,घुमाउने,टोपे खोला,भालु ढुंगामा लगायत २० स्थानमा पहिरो नियन्त्रणको काम भएको छ । वाँकी ११ स्थानमा काम भइरहेको तर अहिले बर्षातको समय भएकाले काम रोकिएको छ । चार किलो लगायत मुग्लिन देखि जलविरे सम्मको भागमा भने पहिरोले दुःख दिदै आएको छ । सडक विस्तासँगै विभिन्न चरणमा गरेर पहिरो नियन्त्रणका काम भएका छन् । सडकमा रहेका पुलहरू प्रायः जीर्ण र साँघुरा छन् । साँघुरा पुलकै कारण सडकमा हुने ट्राफिक जामले समस्या पर्ने गरेको छ । प्रायः पुलको चौडाइ छ मिटर छ । सडकको स्तरवृद्धिसँगै यो चौडाइ थोरै हो




नारायणगढ मुग्लिन सडक आयोजनाका सूचना अधिकारी इञ्जिनीयर शिव खनाल पहिरो नियन्त्रणको काम गरिए पनि भौगोलिक बनावटका कारणले पहिरोको समस्या पुर्ण समाधान हुन नसकेको बताउछन् । अग्ला पहाडको फेदीमा भएको सडकमा पहिरो नियन्त्रण गरेको क्षेत्रको साईडबाट पहिरो झर्ने क्रम सुरु भएकोले समस्या देखिएको खनालले बताए ।

सडकबाट भौगोलिक अवस्था नहेरी शाखा सडक विस्तार गर्दा पनि पहिरोको समस्या हुने गरेको छ । जलवीरेदेखि मुग्लिनसम्मको भागमा पहिरोको बढी जोखिम रहेको खनालले बताए । गत बर्ष यस सडक खण्डमा पहिरोका कारण ३ घण्टा मात्र सडक जाम भएको भएपनि यस बर्ष साउन महिना सम्ममा ४० घण्टा जाम भइसकेको खनालले जानकारी दिएकाछन् ।

सडकमा रहेका १८ वटा साँघुरा एवं जीर्ण पुल रहेका थिए । तिन वटा पुल बनीसकेका छन भने जलविरेमा पुल बनीरहेको छ । बाँकी १४ वटा पुल बनाउनका लागि ठेक्का प्रकृया सकिएको छ । सडकमा रहेका पुलहरू प्रायः जीर्ण र साँघुरा छन् । साँघुरा पुलकै कारण सडकमा हुने ट्राफिक जामले समस्या पर्ने गरेको छ । प्रायः पुलको चौडाइ छ मिटर छ । सडकको स्तरवृद्धिसँगै यो चौडाइ थोरै हो ।




सम्बन्धित
Loading...