क्यानको साधारणसभा स्थगित

114







नेपाल क्रिकेट संघ (क्यान) को साधारण सभा अनिश्चितकालका लागि स्थगित भएको छ । क्यानले साधारणसभा भदौ मध्यतिर गर्ने भनेको थियो । क्यानले मंगलबार विज्ञप्ति जारी गर्दै देशको धेरै स्थानमा लकडाउन रहेकोले तोकिएको समयमा साधारणसभा हुन नसक्ने भन्दै अर्को सूचना सार्वजनिक नभएसम्मका लागि स्थगत गरेको जनाएको छ ।
यसअघि साउन ४ गतेको क्यानको कार्यसम्पादन समितिको बैठकले भदौ १५ गतेभित्रमा साधारणसभा गर्ने निर्णय गरेको थियो ।

You might also like
Loading...