पल र रियाशाको जोडी म्युजिक भिडियोमा


गायकद्वय ईश्वर थापा र देवी घर्तीको स्वरमा नयाँ लोकगीत सार्वजनिक भएको छ। आइतबार ‘लाइदिम् कि मोहनी’ बोलको उक्त म्युजिक भिडिओ सूर्य खड्का युट्युब च्यानलमार्फत सार्वजनिक भएको हो।




म्युजिक भिडिओमा पल शाह र रियास ढकालको जोडी देख्न सकिन्छ। गीतमा शिव अखेलीले शब्द दिएका छन् भने सूर्य खड्काको संगीत  छ। भिडिओलाई काजिस श्रेष्ठले निर्देशन गरेका हुन्। यसमा उनकै कोरियोग्राफी छ। अर्जुन तिवारी र टोलीको सिनेमेटोग्राफीमा भिडिओ तयार भएको हो।

प्रायः आधुनिक गीतमा देखिने यो जोडीलाई लोकगीतमा देख्दा दर्शकहरुको सकारात्मक प्रतिक्रिया आइरहेको छ। गीत अहिले युट्युब ट्रेन्डिङको नवौं स्थानमा पुगिसकेको छ।







सम्बन्धित
Loading...