जापानका प्रधानमन्त्री सिन्जो अबेले राजीनामा दिँदै

106







जापानी प्रधानमन्त्री सिन्जो अबेले स्वास्थ्य समस्याका कारण पदबाट राजीनामा दिने तयारी गरेको स्थानीय मिडियाले जनाएका छन् ।

उनी लामो समयदेखि अल्सरेटिभ कोलाइटिस रोगबाट पीडित रहेको र पछिल्लो समय उनको स्वास्थ्य अवस्था जटिल बनेको समाचारमा बताइएको छ । ६५ वर्षीय अबेले सरकारका लागि समस्या खडा गर्न नचाहेको एनएचकेले बताएको छ ।

यो हप्ता मात्र उनी लगातार सबैभन्दा लामो समय पदमा रहने जापानी प्रधानमन्त्री बनेका थिए । उनले सन् २०१२ देखि सत्तामा रहँदै आएका छन् । यसअघि पहिलो कार्यकालका दौरान उनले सन् २००७ मा प्रधानमन्त्री पदबाट यही रोगका कारण राजीनामा दिएका थिए । ठूलो आन्द्रामा हुने यो समस्याबाट अबे युवाअवस्थाबाट नै पीडित रहेका छन् ।

 

You might also like
Loading...