नवलपुरमा संक्रमितको संख्या ४८०

595







नवलपुर । पूर्वी नवलपरासीमा मंगलबार विहान ३ जना बालबालिका सहित १३ जना नयाँ संक्रमित थपिएका छन् ।
मंगलबार ६, ११ र १४ बर्षका बालबालिका थपिएको जिल्ला स्वास्थ्य कार्यालय नवलपुरका प्रमुख केवश चापागाईले बताए । यस अघि गैडाकोटका ३ बर्षीय बालकमा समेत संक्रमण देखिएको थियो ।
नवलपुरमा मंगलबार पोखरा प्रयोग शालामा गरिएको परीक्षणमा १० जना र चितवनमा गरिएको परीक्षणमा ३ जना गरी १३ जना थपिएको हो । मंगलबार थपिएका १३ जना सहित संक्रमितको संख्या ४ सय ८० जना पुगेको छ भने नवलपुरमा अहिलेसम्म १ जनाको निधन भएको छ भने ३ सय ४१ जना उपचार पछि निको भएका छन् । कोरोना जितेका ३४१ जना मध्ये १ जनाको पनि डिस्चार्ज हुने बेला निधन भएको छ ।
नवलपुरमा अहिले १३८ जना संक्रिय संक्रमित रहेका छन् ।

You might also like
Loading...