पबजी खेल्न रोक्दा १७ वर्षीय किशोरद्वारा आत्महत्या

225







भारतको गुजरातमा एक पिताले पबजी खेल्न रोक लगाएपछि १७ वर्षका एक किशोरले आत्महत्या गरेका छन् । समाचार एजेन्सी पिटिआईका अनुसार आणंद जिल्लाको सुरेली गाउँमा बस्ने यी किशोर ११ कक्षामा पढ्थे । उमरेठी पुलिस स्टेशनका एसआई पिके सोढाले समाचार एजेन्सी पिटिआईसँगको कुराकानीमा मंगलबार दिउँसो किशोरले आफ्नो खेतमा गएर किटनाशक पिए ।

पिके सोढाले भने, ‘किशोरका पिता शिक्षक हुन् । उनले छोरालाई घण्टौं मोबाइलमा पबजी खेलेको भन्दै गाली गरेका थिए र उनको फोन खोसेका थिए ।’

उनका अनुसार किशोर यसकारण तनावमा थिए र उनले आफ्नो खेतमा गएर किटनाशक खाए । प्रहरीका अनुसार किशोरका परिवारलाई उनले किटनाशक पिएको त्यतिबेला थाहा भयो जब उनले घर आएर बान्ता गर्न थाले । उनलाई तुरुन्त अस्पताल लगियो तर उनको ज्यान जोगाउन सकिएन । प्रहरीले आकस्मिक मृत्युको घटना दर्ता गरेको छ । – स्रोतः बीबीसी

You might also like
Loading...