बर्दघाट चिसापानीको जग्गामा क्रान्तिकारी माओवादीको कब्जा

307







नवलपरासी । नेकपा (क्रान्तिकारी माओवादी ) बर्दघाट नगर समितिले बर्दघाट–२ चिसापानीस्थित ढेडारीफाँटको रहेको विवादित जग्गा कब्जा गरेको छ ।  विहीवार राष्ट्रिय आवास कम्पनीको नाममा रहेको ८ बिघा १२ कटठा २ धुर जग्गा सार्वजनिक हुनुपर्ने माग गर्दै बैद्य माओवादीले कब्जामा लिएको हो ।

क्रान्तिकारी माओवादी बर्दघाट नगर सेक्रेटरी क्रान्तिको नेतृत्वमा पुगेको माओवादी कार्यकर्ताहरुको टोलीले जग्गामा झण्डा तथा ब्यानर गाडेर कब्जामा लिएको घोषणा गरेका हुन । त्यस्तै ग्रिनबेल्टका नाममा राखिएको सो जग्गा सार्वजनिक सम्पतिको रुपमा राख्नु पर्ने स्थानीयको समेत माग रही आएको छ । माओवादी कार्यकर्ताहरुले कोणसभाको आयोजना गरी जग्गा कब्जा गरेका थिए

कार्यक्रम पछि नेकपा (क्रान्तिकारी माओवादी ) बर्दघाट नगर समिति बिज्ञप्ति समेत जारी गर्दै जग्गा सार्वजनिक सम्पतिको रुपमा राख्नुपर्ने धारणा सार्वजनिक गरेको छ । जग्गा कब्जा गर्नु अघि सो पार्टीको नगर समितिको बैठकले उक्त जग्गा सार्वजनिक रुपमा राखिनुपर्ने माग गर्दै कब्जामा लिने निर्णय गरेको जनाएको छ ।

You might also like
Loading...