आत्महत्या बालकथा

179







मेरो नाम रितु हो । म एउटा सानो गाउँमा बस्दै आएकी हु। मेरो परिवारमा बुवा, आमा, भाइ, र म गरि चार जना सदस्य छौ । बुवा, आमा खेती-किसानी गर्नु हुन्छ । मेरो भाइ कक्षा ५ मा पढ्छ र म कक्षा ९ मा गाउँकै बिधालयमा पढ्दै आएकी छु ।मेरो घरको आर्थिक अवस्था दयनीय नै रहेको छ । तर मेरो आमा धूम्रपान र मध्यपान जस्ता कुलतमा फसिनु भएको छ । दिन भरी काम गरेर बेलुकी जाड, रक्सी खाइ घरमा आएर हो-हल्ला गर्ने नराम्रो तथा असभ्य शब्द बोली हामिलाइ अनेक तवरले गाली गर्नु हुन्छ ।

बुवा, भाइ अनि म मिलेर आमालाई कति सम्झाउने गर्छौ, तर पनि हाम्रो केही सीप लाग्दैन । आफुले गरेको सबै कुरा ठिक र राम्रो छ भनी घमण्ड गर्नु हुन्छ । नारिले तँ घरको इज्जत बचाँउछन भन्ने सुनेकी थिए, तर आज आफ्नै घरको हालतले म एक नारीको शिर झुकाइ दिएको छ कहिले काहीं त दिउसो मै जाड, रक्सी धोकेर बारीमा लम्पसार भएर सुत्नु हुन्छ । हामीले जति सम्झाउने प्रयास गरेता पनि झन गाली सुन्नु पर्छ । साथीहरूबाट पनि हेला सुन्नुपर्छ कि तेरी यस्तो छे,तेरी आमाले यस्तो गरिन, रक्सी खाएर बाटोमा सुत्दै बस्छे भनेर गाउँका साथीहरूबाट यस्तो कुरा सुन्दा हाम्रो मनमा कति नराम्रो लाग्छ , तर पनि हामीले अरुले जे-जस्तो भने पनि सुनेर बस्नु बाहेक कुनै उपाय नै थिएन ।
आमा लाई जाड, रक्सी, धूम्रपानको कुलत छुट्टाउन अनेकौ प्रयास गर्यौ तर जति गरे पनि हामीले छुट्टाउन सकेनौ तर एकदिनको कुरा हो, आमाले अत्ति नै गरेपछि बुवाले सहन नसक्ने भएर आमा लाई राम्रो सङ्ग सम्झाउनु भयो तर आमाके बुवा लाई गलत शब्द बोल्नु भयो, अनि बुवाले फेरि भन्नू भयो यस्तो अब नगर यसरी सधै जाड, रक्सी खाएर जिन्दगी चल्दैन, छोराछोरी पनि ठुला-ठुला भइसके, उनीहरुको साथीहरूले पनि के भन्लान्, यो पनि सोच त्यसबेला उनिहरुको मस्तिष्कमा नराम्रो असर पर्न सक्छ । अब यो कुलतबाट बिस्तारै बिस्तारै गरेर बाहिर निस्कने प्रयास गर भनी सम्झाउनु भयो, तर आमाले तँ बुवाको कुरालाई नराम्रो अर्थ लगाउनु भएछ ।

बुवालाई अनेकौ भनसुन गरि फेरि आमाले गाली गर्न थाल्नु भयो । अनि बुवाले फेरि सम्झाउनु भयो नारी भएर किन ! नारी जाति लाई लज्जित गर्छौ । नारीले तँ घरको इज्जत बचाउनु पर्छ न कि इज्जत फाल्दै हिड्ने गर्छन । नारीलाई घरकी लक्ष्मी भनिन्छ तर तँ घरकी लक्ष्मी होइन, अलछिनी भएर आइस । तँ आफूत खुशी भइनस, हामिलाइ पनि खुशी साथ बस्न दिनस । ढिक्कार छ तलाई भन्नू भयो, तर त्यतिबेला पनि आमा रक्सीको नसामा नै हुनु हुदो रहेछ । त्यसपछि हामी आ-आफ्नो कामकाज तिर लाग्यौं , आमालाई घरमै छोडेर हिड्यौ । हामी आफ्नो काम सकेर घर फर्किदा आमा ढोकामा अर्धचेतन अवस्थामा झुण्डिनु भएको थियोे । हाम्रो तँ छानाबाट खसे जस्तो हालत भयो , होस हवासै रहेन। आमाले तँ आत्महत्या गर्नु भएको रहेछ ।

हाम्रो रुवाबासी सुनेर गाउँका मानिसहरु सबै भेला भए अनि आमालाई डोरीबाट झिकेर बाहिर ल्याइयो । बुवाले त्यति भन्दैमा आमाले आत्महत्या गर्नु पर्ने कुनै कारण नै थिएन तर पनि आमाले रक्सीको नसामा यस्तो कदम चाल्नु भयो । सबैले मिलेर आमालाई घातमा लगे ,साच्चै आमा नभएपछि पनि घर सुन्ने र उराठ लाग्दो भयो । न केही गर्म मन लाग्छ, न तँ कुनै काममा रुचि नै लाग्छ । आमाको एउटा समस्याले गर्दा हामी सबै चिन्तित भयौ । जे-जस्तो भए पनि हामीले आफ्नो मन बुझाएर बस्नै पर्यो । आमाले मात्र नभइ अरुले पनि यस्तै कुरामा आत्महत्या गरी रहेका छन । साना साना कुरामा चित्त नबुझाउनाले ,सानो सानो कुरामा झगडा गर्नाले , बिवेक र चेतना गुमाउनाले , आफुले भनेको गरेको सबै काम,कुराहरु सहि , राम्रो अरुले भनेको गरेको सबै गलत हो भन्ने रक्सीको नसामा घमण्ड गर्नाले पनि आत्महत्या जस्तो कायरतापुर्ण काम गर्छन । आफ्नो जिउँदो शरीरको छाया आफै गर्छन । सन्चार सुबिधाको नराम्रो प्रयोगले मान्छेले आत्महत्या गर्ने गर्छन ।

तसर्थ : सामाजिक मानसिक र स्वास्थ्य समस्याको आधारमा मानिसले आत्महत्या गर्ने गर्छन् ।अहिले आत्महत्या डर लाग्दो सामाजिक र स्वास्थ्य समस्या को रुपमा देखा परेको छ ।अहिलेको मानिसलाई आत्महत्या समस्याको समाधान हो भन्ने लाग्दै आएको छ। मासिक कैयौ मानिसले आत्महत्या गर्दै आएको सुन्न मा आइरहेको पाइन्छ । यस्तो क्रियाकलाप रोकथाम गर्न को लागि सरकारले आत्महत्या गर्नु हुदैन जस्ता चेतना मुलक कार्यक्रम ठाउँ ठाउँमा संचालित हर्नु पर्छ ।

  • मन्डन देउपुर नगरपालिका-११ काभ्रेपलान्चोक  

You might also like
Loading...