निषेधाज्ञा लम्बिदा अति विपन्न समुदायमा खाद्यान्न जोहो गर्न समस्या





बिबेक भण्डारी, भदौ २१ नवलपुर । स्थानिय सरकारले लामो समय सम्म जारी गरेको निषेधाज्ञाले अति विपन्न माझि मुसहर समुदायमा खाद्यान्नको समस्या देखिन थालेको छ । दैनिक ज्यालादारी गरि खाद्यान्न जुटाई परिवार चलाउने यो समुदायमा अहिले दैनिकरुपमा आवस्यक पर्ने खाद्यान्न जोहो गर्न समस्या भएको बताएका छन ।




अरुको घर तथा खेतमा दैनिक ज्यालादारी गरि खाद्यान्न जुटाउदै आएका यो समुदायमा अहिले निषेधाज्ञाका कारण दैनिक ज्यालादारी काम गर्न नपाउदा खाद्यान्न संकट र भोकको समस्या निम्तीन थालेको देवचुली नगरपालिका वडा नम्बर २ माझी मुसहर समुदायका स्थानिय श्रीदेवी परियार बताउछिन ।

उनका अनुसार लामो समय सम्म हुने लकडाउन र निषेधाज्ञाका कारण काम पनि नपाएको र खर्च पुर्याउन समेत समस्या भएको बताउछिन । नवलपुरका विभिन्न स्थानमा दैनिक कोरोना संक्रमित थपिन थाले पछि यहाका स्थानियतहहरुले निषेधाज्ञालाई जारी राखेका छन ।




सम्बन्धित
Loading...