खुल्ला अनलाईन कविता प्रतियोगिताका रचना प्रथम

113







यामु कुमाल, कुमाल बिद्यार्थी समाज र कुमाल युथ नेटवर्कको संयुक्त आयोजनामा आयोजित “खुल्ला अनलाईन कविता लेखन प्रतियोगिता २०७७” मा अर्घाखाँचीकी रचना मुखिया कुमाल प्रथम भएकी छिन् ।

शनिबार प्रकाशन गरिएको नतिजा अनुसार चितवन जिल्ला कालिका नगरपालिका ३ का विपल कुमाल साहित्यप्रेमी दोस्रो स्थान हात पार्न सफल भएका छन् भने बुटवलका मनोज मुखिया कुमालले तेश्रो स्थान हासिल गरेका छन । बिश्वब्यापी रुपमा फैलिएको कोरोना भाईरस कोभिड १९ लाई लक्षित गर्दै कुमाल युवा विद्यार्थीहरु भित्र रहेको प्रतिभा प्रस्फुटन गर्ने मुल उदेश्यका साथ प्रतियोगिताको आयोजना गरिएको कुमाल विद्यार्थी समाजका अध्यक्ष नविन मुखिया कुमालले बताउनु भयो ।

प्रतियोगितामा प्रथम हुनेलाई रु २ हजार पाँच सय , दोश्रोलाई १ हजार पाँच सय र तेश्रोलाई एक हजारका साथै प्रमाण पत्र पनि प्रदान गरिएको छ । प्रतियोगितामा सहभागी सम्पुर्णको हौसला बढाउनका लागि प्रमाण पत्र प्रदान गरिएको अध्यक्ष कुमालले बताउनु भयो ।

प्रतियोगितामा गएको साउन १५ गते देखि भाद्र १५ गते बिचको अवधिभर प्राप्त कविताहरुलाई समावेश गरिएको थियो । कविताको मुल्यांकन गर्न शिर्षक र कविता मात्रै निर्णायक लाई पठाइएको थियो भने रचनाकारको नाम आयोजक सँग गोप्य राखिएको थियो , साथै तीन जना निर्णायकको मुल्यांकन लाई ३०० पुर्णाङ्कको आधारमा मुल्यांकन गरिएको थियो । वरिष्ठ साहित्यकार डा. नेत्र एटम , कुमाल भाषाविद् उषा कुमाल र साहित्यकार रामलाल कुमालले निर्णायक मण्डलको भुमिका निर्वाह गर्नु भएको थियो । प्रतियोगितामा २१ जना कुमाल समुदायका युवा प्रतियोगिहरु सहभागी भएका थिए ।

You might also like
Loading...